कप्तान फिंचको उत्कृष्ट सतकिय पारिमा अष्ट्रेलियाद्रारा श्रीलंका सामु ठूलो लक्ष्य प्रस्तुत
जेठ ३२ , अनलाईन खेलखबर ।। ५ पटकको विश्व विजेता र हालको विश्वकपको प्रमुख दाबेदार अष्टेलियाले विश्वकपमा कमजोर देखिएको श्रीलंका सँग अहिले प्रतिष्पर्दा गरिरहेको छ ।
केनिंग्टन ओवल लण्डनमा जारी खेलमा टस हारेर पहिले ब्याटिंङ्ग गरेको अष्टेलियाले कप्तान आरोन फिंच को शानदार सतकीय १५३ रनको पारीको मद्दतमा निर्धारित पुरै ५० ओवर खेल्दै मात्र ७ विकेटको क्षतिमा ३ सय ३४ रनको ठुलो योगफल खडा गरेको छ ।
सुरुवात देखिनै राम्रो लयमा ब्याटिंङ्ग गरेको अष्टेलियाले पहिलो विकेटका रुपमा ८० रनको ओपनिंग साझेदारी पाएको थियो । डेविट वार्नर र कप्तान आरोन फिंच टिमका लागि ठोस सुरुवात दिलाएका थिए ।
पहिलो विकेटका रुपमा पभेलियन फर्किएका वार्नरले २६ रन बनाए । वार्नर पछि उस्मान ख्वाजा १० रन बनाएर आउट हुन् पुगेपनि तेस्रो विकेटका लागी फिंच र स्मिथ बिच १७३ रनको साझेदारी हुन् पुगेपछी टिम ठुलो स्कोर तर्फ अग्रसर भएको थियो ।
ईनिङ्गको ४२.४ ओवरमा टिमको स्कोर २७३ रन हुदा शानदार ब्याटिंग गरिरहेका आरोन फिन्च १५३ रन बनाएर आउट हुन् पुगे । निकै आकर्षक ब्याटिंङ्ग गरेका उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
आरोन फिंच आउट भएसगै राम्रो ब्याटिंङ्ग गरिरहेका स्मिथ पनि आउट हुन् पुगे । उनले पनि टिमलाई पूर्ण न्याय गरे ५९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ७३ रनको योगदान पुर्याए ।
अन्त्यतिर ग्लेन मैक्सवेलले आक्रामक ब्याटिंङ्ग गर्दै अविजित रहदै ४६ रन बनाए ।
बलिङ्गमा श्रीलका का इसुरु उदाना र धनंजया डी सिल्वाले समान २/२ विकेट लिदाँ लसिथ मलिंगाले पनि १ विकेट लिन सफल भए ।
अब केहिबेरमा अष्टेलियाले प्रस्तुत गरेको ३ सय ३५ रनको ठुलो लक्ष्य पछ्याउदै श्रीलकाले जवाफी ब्याटिंङ्ग गर्नेछ ।
जारी विश्वकपमा उच्चलयमा रहेको अष्टेलियाले अहिले सम्म ४ खेलवाट ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै अंकतालिकामा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । अष्टेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तान माथि ७ विकेटले जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गरेको थियो ।
यसपछि अष्टेलियाले वेस्ट ईण्डिजमाथि १५ रनले जित हासिल गर्दा तेस्रो खेलमा भने भारत सँग ३६ रनले पराजित हुन् पुगेको थियो । त्यस्तै आफ्नो चौथो खेलमा अष्टेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो ।
यता श्रीलंकाले पनि समान ४ खेलवाट ४ अंक जोड्दै अहिले अंकतालिकामा पाचौ स्थानमा रहेको छ । श्रीलंका पहिलो खेलमा न्युजील्याण्ड संग १० विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा अफगानिस्तानलाई ३४ रनले पराजित गर्दा पाकिस्तान र बंगलादेश सँग भने खेललाई बर्षाले प्रभावित गरेपछि १/१ अंक बाडेको थियो ।