बलियो अष्टेलिया सामु कमजोर श्रीलंका

बलियो अष्टेलिया सामु कमजोर श्रीलंका

जेठ ३२ , अनलाईन खेलखबर ।। ५ पटकको विश्व विजेता र हालको विश्वकपको प्रमुख दाबेदार अष्टेलियाले विश्वकपमा कमजोर देखिएको श्रीलंका सँग आज खेल्दैछ ।

केनिंग्टन ओवल लण्डनमा हुने आजको पहिलो खेलमा अष्टेलियाले श्रीलंकाको सामना नेपाली समय अनुसार दिउसोको सवा ३ बजेपछि गर्नेछ ।

जारी विश्वकपमा उच्चलयमा रहेको अष्टेलियाले अहिले सम्म ४ खेलवाट ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै अंकतालिकामा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । अष्टेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तान माथि ७ विकेटले जित हासिल गर्दै विश्वकपमा सुखद सुरुवात गरेको थियो ।

यसपछि अष्टेलियाले वेस्ट ईण्डिजमाथि १५ रनले जित हासिल गर्दा तेस्रो खेलमा भने भारत सँग ३६ रनले पराजित हुन् पुगेको थियो । त्यस्तै आफ्नो चौथो खेलमा अष्टेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो ।

यता श्रीलंकाले पनि समान ४ खेलवाट ४ अंक जोड्दै अहिले अंकतालिकामा पाचौ स्थानमा रहेको छ । श्रीलंका पहिलो खेलमा न्युजील्याण्ड संग १० विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा अफगानिस्तानलाई ३४ रनले पराजित गर्दा पाकिस्तान र बंगलादेश सँग भने खेललाई बर्षाले प्रभावित गरेपछि १/१ अंक बाडेको थियो ।

अहिले सम्मको प्रदशनलाई यसरी हेर्दा आज हुने खेलमा पक्कै पनि अष्टेलिया हाबी हुनेछ उच्च सम्भावना रहदा श्रीलका भने सम्मानजनक प्रदशन गर्न पक्कै चाहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *