विश्वकपको दाबेदार भारतलाई  न्युजिल्याण्डको ठुलो चुनौति

विश्वकपको दाबेदार भारतलाई न्युजिल्याण्डको ठुलो चुनौति

जेठ ३० , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकप अन्तर्गत आज २ पटकको विश्वविजेता भारतले न्युजील्याण्डको सामना गर्नेछ ।

जारी विश्वकपमा लयमा देखिदै अपराजित रहेका भारत र न्युजील्याण्ड बिच आज दिउसो सवा ३ बजेपछि हुने खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

न्युजिल्याण्ड अहिले अंकतालिकामा पहिलो स्थानमा रहेको छ । सुरुवाती ३ खेलमा जित हासिल गरेको न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंका लाई १० विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो भने तेस्रो अर्थात अघिल्लो खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

यता भारत पनि अपराजित रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको भारतले दोस्रो खेलमा विश्वकपको दाबेदार अष्टेलियालाई ३६ रनले निराश पारेको थियो ।

न्युजिल्याण्डको तुलनामा भारत उच्च मनोबलमा रहेको छ । जसले बलिया अष्टेलिया र दक्षिण अफ्रिकामाथि जित हासिल गर्दै उच्च मनोबलमा रहेको छ । न्युजिल्याण्डले भने विश्वकपमा कमजोर मानिएका टिममाथि जित हासिल गरेको छ ।

यसअर्थमा न्युजिल्याण्डलाई आज भारत बिरुद्दको खेल आफैमा असली परिक्षा रहेको छ । न्युजिल्याण्डको ठोस क्षमता आजको खेलवाट मापन गर्न सकिने छ । यता भारत भने आफ्नो जितलाई निरन्तरता दिने प्रयासमा आजपनि मैदानमा उत्रिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *