२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको चेन्नई द्रारा कोलकाता माथी शनसनिपुर्ण जित

२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको चेन्नई द्रारा कोलकाता माथी शनसनिपुर्ण जित

चैत्र २७ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज मङ्गलबार भएको खेल मा कोलकता नाईट राईडर्स चेन्नई सुपर किंग्स सगँ ५ बिकेट ले पराजित भएको छ ।

२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्स ले १९ ओवर ५ बल मा ५ विकेट गुमाएर भेटायो । पहिलो बिकेट का लागि ७५ रनको ओपनिग साझेदारी बाटसन र अम्बाति राईडु बिच भएको खेलमा वाटसन ले १९ बल को सामना गर्दै ३ छ्क्का ३ चौका को मद्दत मा ४२ रन बनाएका थिए भने अर्का ओपनर राईडु ले ३९ रनको योगदान गर्दै टिमलाई शानदार सुरुवात दिलाएका थिए । यसपछि सुरेश रैना ले १४ रन थपे । भने कप्तान महेन्द्र सिँह धोनी ले २८ बलको सामना गर्दै २५ रन बनाएका थिए ।भने साम बिलियम्स ले अर्थसतकिय ५६ रन बनाएका थिए भने टिम लाई रोमाञ्चक घडी मा जिताउँन ड्रेयन ब्राबो र रबिन्द्द जडेजा ले अबिजित समान ११/११ रन बनाउदै रोमाञ्चक खेल मा टिमलाई जिताए रबिन्द्र जडेजा ले अन्तिम मा छ्क्का प्रहार गर्दै जित दिलाएका थिए ।

बलिङ तर्फ कोलकता का लागि बिनय कुमार , पीयूष चावला र कुलदिप यादब ले समान १/१ विकेट लिएका थिए ।

यस अगि एमए चिदमबरम स्टेडियम चेन्नई मा टस हारेर पहिले कोलकता ले ब्याटिङ गरेको थियो । एन्द्रे रसेल को धुवाँदार ब्याटिङ को मद्दत मा कोलकता ले पुरै निर्धारित २० ओवर खेल्दै कोलकाता ले ६ विकेट को क्षति मा २ सय २ रनको ठूलो स्कोर खडा गरेको थियो ।।जस मा ओपनर क्रीस लेन ले १६ बलको सामना गर्दै २२ रन बनाएका थिए भने अर्का ओपनर सुनिल नारायण ले ४ बलको सामना गर्दा २ छ्क्का प्रहार गर्दै १२ रन बनाएका थिए । यसपछि रोबिन उथप्पा ले २९ रन , नितिश राना ले १६ रन , कप्तान दिनेस कार्तिक ले २६ रन र रिकु सिँह ले २ रन बनाएका थिए । यसपछि कोलकता लाई ठुलो स्कोर तर्फ डोराएका एन्द्रे रसेल ले आक्रमक ब्याटिङ गर्दै मात्र ३६ रनको सामना गर्दा ८८ रन मा अबिजित रहे जसमा ११ छ्क्का १ चौका सामेल थियो साथै टोम कुर्यान पनि २ रन मा अबिजित रहेका थिए ।

बलिग तर्फ चेन्नई सुपर किंग्स का लागि सेन वाटसन ले सर्बाधिक ४ ओवर गर्दै ३९ रन खर्चेर २ विकेट हात पारे , भने हरभजन शिँह , रबिन्द्र जडेजा र शारदुल ठाकुर ले समान १/१ विकेट लिएका थिए ।

यो जित सगै चेन्नई को लगातार दोस्रो जित हो भने कोलकाता को यो पहिलो हार हो ।। चेन्नई ले पहिलो खेल मा मुम्बई माथी १ विकेट ले बिजयी भएको थियो भने कोलकता ले पहिलो खेल मा बैङ्लोर लाई ४ विकेट ले पराजित गरेको थियो ।

अब प्रतियोगिता मा बुधबार राजस्थान रोयल्स र दिल्ली डेयरडेभिल्स भिड्नेछ्न । पहिलो खेल मा दुबै टिम ले हार ब्यहोरेको हुँदा दुबै टिम पहिलो जित का लागि मैदान उत्रिने छ्न । खेल नेपाली समय अनुसार राती सवा आठ बजे देखि सुरु हुनेछ ।।

आज को खेल का केहि तस्बिर हरु पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *