सन्दीप आज स्वदेश फर्किदै
जेठ २७ , अनलाईन खेलखबर || नेपालीका युवा क्रीकेटर सन्दिप लामिछाने करिव ३ हप्ते अष्ट्रेलिया बसाई पछि आज स्वदेश फर्किदै छ्न ।
ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली केही दिन अघि स्वदेश फर्किएपछी उनले पारिवारिक समय बिताएका थिए ।
त्यसपछि उनि अष्ट्रेलिया भ्रमणमा निस्किएका थिए । उनले अष्ट्रेलियाका क्रममा क्रीकेट सम्बध ब्यक्तित्ब र क्रीकेट एकेडेमीहरु सगँ भेटघाट तथा छ्लफल गरेका थिए ।
उनी अष्ट्रेलिया रह्दै वेस्ट ईन्डिजको क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) मा ठूलो रकममा अनुबन्धित भएका छ्न । अबको उनको बिदेशी लिगको यात्रा सिपिएलबाट हुने छ ।
एक सिजन विश्व चर्चित सबै खाले लिग खेलिसकेका सन्दिप पुन दोस्रो सिजनको लागि तयार रहेका छ्न ।
सिपिएलका लागि बारबाडोस ट्रिडेंट्समा अनुबन्धित भएका सन्दिप जेठ ८ गते लण्डनमा भएको ड्राफ्टमा मार्फत पाचौ चरणमा बाट टिममा अनुबन्धित भएका थिए । उनी टिममा ७० हजार अमेरिकन डलरमा अनुबन्धित भएका छ्न ।