onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रुपन्देहीमा हुने रोयल कोलोनी प्रिमियर लिग क्रीकेट प्रतियोगिताको तयारी तिब्रगतिमा चल्दै

जेठ २५,अनलाईन खेलखबर || रुपन्देही जिल्लाको सैनामैना स्थित दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकमा सुरु हुन गईरहेको रोयल कोलोनी क्रीकेट प्रिमियर लिग ( आरसिपिएल ) क्रीकेट प्रतियोगिताको तयारी अहिले तिब्रगतिमा चलिरहेको छ ।

टि – ट्वान्टी क्रीकेट प्रतियोगिताको लागि अहिले आयोजकले प्रतियोगिताको लागि ८ टिमका लागि टिम मालिकको लागि आबेदन खुल्ला गरेको छ ।

अक्सनको आधारमा गरिने सो प्रतियोगिताको खेलाडी अक्सनको आबेदन फाराम ,प्रतियोगिता सुरुहुने मिति , खेल मैदान, पुरस्कार राशि लगायतका प्रतियोगिता सम्बधित कुराहरु चाडैंनै आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

नेपाली क्रीकेटमा भविष्य खोजिरहेका यूवाहरूलाई राष्ट्रिय खेलाडिहरू सगँ अनुभव साटने तथा नेपाली क्रीकेटमा उदयमान खेलाडीहरु उत्पादन गर्ने प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजकले अनलाईन खेलखबरलाई जानकारी गराएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *