विश्वकपको दाबेदार भारतको विजयी सुरुवात : रोहित शर्माको सतकीय पारी
जेठ २२ , अनलाईन खेलखबर || ईङल्यान्ड र वेल्समा जारी १२ औं सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ ।
बुधबार राती सम्पन्न विश्वकपको आठौं खेलमा दक्षिण अफ़्रिकाले प्रस्तुत गरेको २ सय २८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भारतले टिमका उप कप्तान समेत रहेका रोहित शर्माको सतकिय पारिको मद्द्तमा उक्त लक्ष्य ४७.३ ओवरमा ४ विकेटको गुमाएर भेटायो ।
ओपनर ब्याट्सम्यान रोहित शर्माले सतकिय पारी खेलेपछी टिमले दक्षिण अफ्रिका माथी जित हासिल गरेको हो ।
५.१ ओवरमा टिमको स्कोर १३ रन हुँदा ओपनर ब्याट्सम्यान शिखर धवनलाई मात्र ८ रनमा गुमाएको भारतका कप्तान बिराट कोहलीलाई दोस्रो विकेट्का रुपमा ब्यक्तिगत १८ रनमा गुमाएको थियो ।
यस्तै लोकेश राहुलले पनि २६ रन बनाएर आउट हुन पुगे ।
तेस्रो विकेट पछि महेन्द्र सिँह धोनी र रोहित बिच चौथो विकेटका लागि राम्रो साझेदारी हुन पुगेपछी टिम विजयी हुन पुगेको थियो ।
धोनीले ३४ रन बनाए भने अबिजित रहेका रोहितले १४४ बलको सामना गर्दै १३ चौका र २ छ्क्काको मद्दतमा १२२ रनको योगदान गरे ।
यस्तै हार्दिक पान्डेयले पनि अबिजित रह्दै १५ रनको योगदान गरे ।
बलिङ तर्फ कागिसो राबाडाले २ विकेट लिए भने क्रिश मोरिस र एन्डिले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि रोज बाउल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै दक्षिण अफ्रीकाले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि क्रिस मोरिसले सर्बाधिक ४२ रनको योगदान गरे । ३४ बलको सामना गरेका उनले १ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै फाप डुप्लेसीले टिमका ला ३८ रनको पारी खेले ।भने एन्डिले फेलुक्वायोले ३४ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले पनि ३१ रन जोडे । ४० बलको सामना गरेका उनले १ चौका समेत प्रहार गरे ।
साथै अन्ततिर कागिसो राबाडाले ३१ रन , रासीइ भान डेर डुसेनले २२ तथा क्विन्टन डिकँकले १० रन बनाएका थिए ।
बलिङ तर्फ भारतका लागि युजेन्द्र चाहलले सर्बाधिक ४ विकेट लिए । १० ओवर पुरै बलिङ गरेका उनले ५१ रन खर्चिएर उक्त विकेट हात पारेका हुन ।
त्यस्तै जसप्रित बुम्राहले र भुवनेश्वर कुमारले समान २/२ विकेट हात पारे भने कुलदिप यादवले पनि १ विकेट लिन सफल भए ।
विश्वकपमा पहिलो जित भारतले हासिल गर्दै गर्दा द्क्षिण अफ्रिकाको यो लगातार तेस्रो हार हो । दक्षिण अफ्रिका बङलादेश सगँ २१ रनले पराजित भएको थियो भने ईङल्यान्ड सगँ १०४ रनको विशाल अन्तरले पराजित भएको थियो ।