अत्तरिया लाई पराजित गर्दै महेन्द्रनगर दोस्रो क्वालिफायर का लागि छ्नोट : क्वालिफायर मा बुधबार काठमाडौ सगँ भिडने
चैत्र २७ , अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) अन्तर्गत आज भएको प्रतियोगिता को एलिमिनेटर खेल मा महेन्द्रनगर युनाईटेड सगँ सिवाईसी अत्तरिया १५ रनले पराजित भएको छ ।
१ सय ३१ रनको बिजयी लक्ष्य पछ्याएको सिवाईसी अत्तरिया ले निर्धारित पुरै २० ओवर खेल्दै ४ विकेट गुमाएर मात्र १ सय १५ रन बनायो र महेन्द्रनगर ले १५ रनको बिजयी आत्मसात गर्न सफल भयो । सिवाईसि अत्तरिया का लागि प्रेम तामाङ ले ५ रन , शुवाश खकुरेल ले ३० रन , गौरभ चितकारा ले १४ रन , यस्तै दीपेन्द्र सिँह एरि ले २७ रन र बिपिन चद्रा ले अबिजित २८ रन र कुशल भुर्तेल पनि अबिजित ४ रन मा रहेपनी मध्यम स्कोर पछ्याएको अत्तरिया बिजयी हुन असफल रहयो ।
यसअघि एसएसपि क्रीकेट मैदान धनगढी मा टस हारेर पहिले ब्याटिङ गरेको बिनोद भन्डारी को कप्तानि मा रहेको महेन्द्रनगर युनाईटेड ले पुरै निर्धारित २० ओवर खेल्दै ७ विकेट को क्षती मा १ सय ३० रन बनाएको थियो । कप्तान तथा ओपनर बिनोद भन्डारी लाई सुरुमै मात्र १ रन बनाउदा गुमाएको महेन्द्रनगर ले अर्को दोस्रो बिकेट का लागि अर्का ओपनर ब्याटसम्यान आशिफ शेख लाई ११ रन मा गुमाएको थियो । कमजोर सुरुवात गरेको महेन्द्रनगर का लागि आरिफ शेख ले सर्बाधिक ३५ रनको योगदान दिएका थिए । भने पुनित मेहरा ले २६ रन , रोहित पौडेल ले १३ रन , पुनित बिष्ट ले ७ रन बनाउदाँ करन केसि ले अबिजित २४ रनको पारी खेलेका थिए ।
बलिङ तर्फ सिवाईसी अत्तरिया का लागि कमल सिँह एरि ले ४ ओवर गर्दै १६ रन खर्चिएर २ विकेट लिएका थिए । भने कृस्ण कार्कि , सिभाकर उराव , बिनोद लामा , दीपेन्द्र सिँह एरि र बिपिन चन्द्दा ले समान १/१ विकेट लिन सफल भएका थिए ।
जित सगै महेन्द्रनगर युनाईटेड ले अब प्रतियोगिता को दोस्रो क्वालिफायर खेल मा आज नै भएको पहिलो क्वालिफायर खेल मा पराजित काठमाडौ सगँ चैत्र २८ गते बुधवार खेल्नेछ , बिजयि टिम चैत्र ३० गते हुने फाईनल खेल मा टिम चौराहा धनगढि सगँ भिड्ने छ । भने आज को पराजित सगै सिवाईसी अत्तरिया प्रतियोगिता बाट बाहिरिएको छ ।
नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक धनराशि पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल ले “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |