दक्षिण अफ्रिका बंगलादेश सँग पराजीत

दक्षिण अफ्रिका बंगलादेश सँग पराजीत

जेठ २० , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विश्वकपमा शुखद सुरुवात गरेको छ ।

गएराती भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको दक्षिण अफ्रिका निर्धारित ५० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा ३ सय ९ रनमा सिमित हुन् पुगेपछि बंगलादेशले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा ओपनर क्विन्टन डी ककलाई २३ रनमा गुमाएको थियो । ९.४ ओवरमा आउट भएका उनले ३२ बलको सामना गर्दै ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

त्यसपछि अफ्रिकाले खेलको १९.४ ओवरमा अर्का भरपर्दा ब्याट्सम्यान एडन मार्कर आउट हुन पुगे । उनि सकिब अल हसनको बलमा बोल्ड आउट हुन् पुगे । ५६ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा ४५ रनको पारी खेलेका थिए ।

यसपछि टिमले तेस्रो विकेटका रुपमा कप्तान फाफ डु प्लेसिसलाई गुमायो । मेहेदी हसन मिराजको बलमा आउट हुन् पुगेका उनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको योगदान गरे ।

यस्तै डेविड मिलरले ३८ रन , रस्सी वैन डेर डूसनले ४१ तथा जीन-पॉल ड्यूमिनीले ४५ रनको पारी खेलेका थिए ।

बलिङ्ग तर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट हात पारे भने मोहम्मद सैफुद्दीनले २ तथा सकिब अल हसन र मेहदी हसनले पनि १/१ विकेट लिन सफल भए ।

त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जीतेर दक्षिण अफ्रिकाले टस जितेर बंगलादेशलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार बंगलादेशले निर्धारित ५० ओवर पुरै खेलेर ६ विकेट गुमाएर ३ सय ३० रनको योगफल खडा गरेको थियो ।

बंगलादेशका लागी मुश्फिकुर रहिमले सर्वाधिक ७८ रनको पारी खेले । ८० बलको सामना गरेका उनले ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागी सकिब अल हसनले पनि ७५ रनको योगदान गरे । ८४ बलको सामना गरेका उनले ८ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै सौम्य सरकारले ४२ रन र महमुदउल्हाले ४६ रनमा अविजित रहेका थिए ।

बलिङ्ग तर्फ अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसले समान २/२ विकेट लिए ।

यता विश्वकप अन्तर्गत आज एक खेल हुदैछ । जहाँ आयोजक ईङ्गल्याण्डले पाकिस्तानको सामना गर्नेछ खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *