दाङ्ग क्रिकेट संघको बिशेष साधारणसभा सम्पन्न : संघको अध्यक्षमा प्रदिप मजगैया चयन

दाङ्ग क्रिकेट संघको बिशेष साधारणसभा सम्पन्न : संघको अध्यक्षमा प्रदिप मजगैया चयन

जेठ १८ ,अनलाईन खेलखबर ।। निलम्बन फुकुवाको प्रकियामा रहेको नेपाल क्रिकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )को स्वतन्त्र टोली मनिटरीङ्ग समितीले सदस्यता छानविन प्रश्चात केहि जिल्लालाई पुन बिशेष साधारण सभा एवंम अधिबेशन गराउन निदेशन दिएको थियो ।

सोही अनुरुप दाङ्ग जिल्लाले पनी सनिवार आफ्नो बिशेष साधारण सभा एवंम अधिबेशन सम्पन्न गरेको छ । जसअनुसार संघमा प्रदिप मजगैया अध्यक्ष सहित नयाँ कार्यसमिती सर्बसम्मत रुपमा चयन गरिएको छ ।

यस्तै कार्यसमितीमा किशोर कुमार घर्ति मगर उपाध्यक्षमा रहेका छन । भने सन्जु केसीले संघको सचिवको रुपमा आफ्नो कार्य सम्पादन गरेछन । कोषाध्यक्ष बालकृष्ण खत्री रहदा कार्यसमितीको सदस्यहरुमा कैलाश रोका मगर , नमिता नेपाली , किशोर चन्द्र गौतम र देबेन्द्र सिह ठकुरी रहेका छन ।

यस्तै सोही अबसरमा आगामी प्रदेश तथा केन्दिय सभामा दाङ्ग जिल्लाको तर्फबाट सहभागी जनाउने प्रतिनिधिको पनि टुंगो लगाईएको थियो ।

जसअनुरुप प्रदेश सभाको प्रतिनिधिमा अध्यक्ष मजगैया सहित किशोर चन्द्र गौतम , कैलाश रोका मगर र देबेन्द्र सिह ठकुरीलाई छनोट गरेको छ । भने केन्दिय सभाका लागी अध्यक्ष मजगैया छनोट भएका छन ।

स्वतन्त्र समितिलेले बर्गिकरण गरेको जिल्ला हरुमा दाङ्ग पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा रहेको थियो र सोहिकुराले आज पूर्ण पाएको हो । दाङ्ग सहित सोहि प्रक्रियामा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली र सप्तरी, रहेका छन ।

यसका साथै संघले २०७४ कार्तिक ७ गते देखी हाल सम्म भएका मुख्य मुख्य गतिविधिहरु माथी समिक्षा गर्दै दाङ्ग क्रिकेट संघको भावी कार्ययोजना माथी छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *