लयबाट भड्किएको श्रीलंकाले न्युजिल्याण्डको सामना गर्दै : खेल रोचक बन्ने अपेक्षा

लयबाट भड्किएको श्रीलंकाले न्युजिल्याण्डको सामना गर्दै : खेल रोचक बन्ने अपेक्षा

जेठ १८ , अनलाईन खेलखबर ।। अघिल्लो सस्करणको उप विजेता न्युजिल्याण्डले एकदिवसिय विश्वकप अन्तर्गत प्रतियोगिताको तेस्रो अर्थात आजको पहिलो खेलमा १ पटकको विश्व विजेता श्रीलकाको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार आज दिउसो सवा ३ बजेपछी सोफिया ग्राडेनमा हुनेछ । विश्वकपमा असफल टिम मध्यको न्युजिल्याण्ड र पछिल्लो समय लयबाट टाढा रहेको श्रीलंका विचको खेल कस्तो रहने छ त्यो हेर्न बाकी रहेको छ ।

विशेषत ; सन् १९९६ मा पहिलो पटक उपाधि उचालेको श्रीलंकाले यसपछि २ पटक सन् २००७ र २०११ मा उप-बिजेता भएको थियो । बर्तमान अबस्थामा श्रीलंका पहिलेको जस्तो अबस्थामा छैन खस्कदो क्रममा रहेको छ । यसअर्थमा पुरानो छाप बुत्याउन यसपटक विश्वकप श्रीलंकालाई बिशेष खास रहेको छ ।

उपाधी भन्दा पनी श्रीलका आफ्नो पुरानो लयमा पुन फर्किन लालाहित रहेको छ । सोही अनुसार श्रीलका यसपटकको विश्वकपमा सकारात्मक बन्दै आफ्नो सोही रणनीतिमा मैदान उत्रिने छ ।

यसपटकको विश्वकपको संरचना अनुसार सबैको ढोकालाई अझ सहज बनाईदिएको छ । यस अर्थमा श्रीलकालाई यो विश्वकपले आफ्नो क्षमतालाई जाच्ने एउटा राम्रो अवसर पनी रहेको छ ।

उता न्युजिल्याण्ड विश्वकपमा त्यति असफल हुन् सकेको छैन । अघिल्लो अष्टेलिया र न्युजिल्याण्ड स्वयम् आफैले आयोजना गरेको ११ औं सस्करणमा फाईनल पुग्नुनै न्युजील्याण्डको हाल सम्मको ठुलो सफलता हो । न्युजिल्याण्ड फाईनल खेलमा अष्टेलिया सँग पराजित हुन् पुगेको थियो ।

मध्यम टिमको रुपमा देखा पर्ने न्युजील्याण्डले सोच अनुरुप भिन्न खेल्दै चकित पार्ने टिमको टिममा विश्व प्रख्यात रहेको छ । जुनबेला पनी खेललाई उल्टाउने क्षमता न्युजिल्याण्डले राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *