५ पटकको विश्व विजेता अष्टेलियालाई उदयमान अफगानिस्तानको चुनौती

५ पटकको विश्व विजेता अष्टेलियालाई उदयमान अफगानिस्तानको चुनौती

जेठ १८ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको एकदिवसिय विश्वकप अन्तर्गत प्रतियोगिताको चौथो अर्थात आजको दोस्रो खेलमा ५ पटकको विश्वविजेता अष्टेलियाले क्रिकेटको उदयमान अफगानिस्तानको सामना गर्दैछ ।

बिश्वकपको १२ संस्करण सम्म आईपुग्दा अष्ट्रेलिया अहिले सम्म ५ पटक बिजेता र २ पटक उप बिजेता भईसकेको छ । अष्ट्रेलियाले सन् १९९७ मा पहिलो पटक उपाधि उचालेको थियो ।

यसपछि १९९९ ,२००३ र २००७ मा अष्ट्रेलियाले लगातार ३ पटक उपाधि उचालेको थियो भने अघिल्लो २०१५ मा भएको विश्वकपमा अष्ट्रेलियाले न्युजिल्याड लाई फाईनलमा ७ विकेटले पराजित गर्दै बिश्वकपको उपाधि उचालेको थियो ।

आरोन फिन्चले नेतृत्वमा रहेको अष्टेलिया टिम निकै सन्तुलन देखिएको छ । टिममा १ बर्षे पछि प्रतिबन्ध फुकुवा पछि डेविड वार्नर र स्टिभ स्मिथपनि पुन टिममा फर्किएका छन । उनिहरु पनि राम्रो लयमा देखिएका छन ।

सदैभ बिश्वकपको दाबेदारको रुपमा हेरिने अष्ट्रेलिया अहिले उच्च मनोबलमा पनि रहेको छ । पछिल्ला खेलमा अष्ट्रेलियाले राम्रो प्रदशन पनि गर्दै आएको छ ।

टिममा फिन्चसहित जेसन बेहरेनडॉर्फ, एलेक्स केरी , नाथन कूल्टर-नाइल, पैट कमिंस, उस्मान ख्वाजा, नाथन लियोन, शॉन मार्श, ग्लेन मैक्सवेल, झेय रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम ज़म्पा रहेका छन ।

उता गुलबदीन नायबको कप्तानीमा रहेको अफगानिस्तान टिममा मोहम्मद शहज़ाद, नूर अली ज़द्रान, हज़रतुल्लाह ज़ज़ई, रहमत शाह, असग़र अफ़गान, हशमतुल्ला शाहिदी, नजीबुल्लाह ज़द्रन, समुल्ला शिनवारी, मोहम्मद नबी, राशिद खान, दावत ज़द्रन, आफ़ताब आलम र हमीद अलीम रहेका छन ।

सन् २०१७ मा आईसिसि टेस्ट मान्यता पाएको अफगानिस्तानले यसअघि सन् २०१५ मा अष्टलिया र न्युजिल्याण्डमा भएको विश्वकपमा सहभागी भएको थियो । यसपछि अहिले अगगानिस्तानले दोस्रो पटक विश्वकपमा सहभागिता जनाउदै छ ।

पछिल्लो समय क्रिकेटको उदायमान राष्ट अफगानिस्तानको विश्वकप यात्रा कस्तो हुनेछ त्यो अबको क्रममा थाहा हुदै जानेछ । तर अहिले नियाल्दा अफगानिस्तानले जुनसुकै बेला ठुला भनिएका राष्टलाई हराउन सक्ने क्षमता भन्ने राख्छ ।

प्रतियोगिताको दाबेदार मध्यको एक अष्टेलिया र अफगानिस्तान विचको खेल नेपाली समय अनुसार बेलुका सवा ६ बजेपछि काउंटी क्रिकेट ग्राउंड, ब्रिस्टलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *