विश्वकपको दोस्रो खेल जहाँ पाकिस्तानले दुईपटकको विश्व बिजेता वेस्ट ईण्डिजको सामना गर्दै
जेठ १७ , अनलाईन खेलखबर ।। ईङ्गल्याण्ड र वेल्स जारी १२ औं सस्करणको एकदिवसीय विश्वकप अन्तर्गत आज दोस्रो खेलमा २ पटकको विश्व विजेता वेस्ट ईण्डिजले १ पटकको विश्व विजेता पाकिस्तानको सामना गर्दैछ ।
विश्वकपको सुरुवाती अबस्थाका दुई सस्करणमा जित हासिल गरेको वेस्ट ईण्डिज पछिल्लो समय त्यति बलियो नदेखिएको भएपनि वेस्ट ईण्डिजले खेललाई जुनसुकै बेलामा उल्टाउने क्षमता राख्छ । सन् १९७५ र १९७९ मा लगातार विश्वकपको ट्रफ्री उचालेको वेस्ट ईण्डिजले यसपछी सन् १९८३ मा फाईनल प्रवेश गरेको थियो ।
हाल वेस्ट ईण्डिज एकदिवसीय वरियतामा ८ औँ स्थानमा रहेको छ । पछिल्लो समय निकै आक्रामक शैलीमा खेल प्रस्तुत गर्ने वेस्ट ईण्डिज र पाकिस्तान बिचको खेल आज हेर्न लायक पक्कै हुनेछ ।
यता आईसीसी एकदिवसिय वरियतामा छठौ स्थानमा रहेको पाकिस्तानले अहिले सम्म एक पटक उपाधी उचालिसकेको छ । सन् १९९२ मा विश्वकपको उपाधी उचाल्ने पाकिस्तान ले १९९९ मा उप बिजेतामा सीमित भएको थियो ।
तर यसपछीका सस्करणमा पाकिस्तानको त्यति सन्तोषजनक प्रदशन हुन् सकेको छैन । यसअर्थमा पाकिस्तानका लागी यो विश्वकप पनी खास रहेको छ ।
आज खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछी ट्रेंट ब्रिजमा हुनेछ ।
वेस्ट ईण्डिज टिम : जेसन होल्डर ( कप्तान ) ,शाई होप, क्रिस गेल , ईविन लुईस, ड्रेन ब्रावो, शिमन हेटमीर, एन्ड्रस रसेल, कार्लोस ब्राथ्वाइट, एशले नर्स, केम रोच, शेल्डन कोट्रेल, ओशायन थमस, श्यानन गब्रिएल, फ्याबियन एलन र निकोलस पोरन
पाकिस्तान टीम
शाहफ्रफ अहमद (कप्तान ) इमाम अलाक, फखार जमन, बाबर आजम, मोहन हफीज, श्याम मलिक, इमाद वासिम, शदब खान, हसन अली, वाहाब रियाद, शाहिन अफ्रिदी, मोहम्मद इमरान, अलीफ अली, मोहम्मद हसन र ह्यारिस सोएल