
रोमाञ्चक खेलमा काठमाडौ लाई १ विकेट ले पराजित गर्दै सोमपाल को टिम धनगढि डिपिएल को फाईनलमा प्रवेश
चैत्र २८ , अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) अन्तर्गत आज भएको प्रतियोगिता पहिलो क्वालिफायर खेल मा काठमाडौ गोल्डेन्स टिम चौराहा धनगढि सगँ रोमाञ्चक खेलमा १ विकेट ले पराजित भएको छ ।
आजको जित सगै टिम चौराहा धनगढि प्रतियोगिता को फाईनल पुगेको छ भने पराजित काठमाडौ गोल्डेन्स ले फाईनल प्रबेश तय गर्न अब अर्को मौका स्वरुप एलिमिनेटर मा महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरिया बिचको बिजयी टिम सगँ दोस्रो क्वालिफायर चैत्र २८ गते खेल्नेछ । यस खेलको बिजयी टिम ले धनगढि सगँ फाईनल पक्का गर्नेछ ।।
१ सय २८ रनको जवाफी लक्ष्य पछ्याएको टिम चौराहा धनगढि ले १९ ओवर ५ बल मा ९ विकेट गुमाएर भेटायो । मध्यम लक्ष्य पछ्याएको भए पनि धनगढि ले जित्न निकाल्न ठूलो मेहनत गर्नु पर्यो । रोमाञ्चक ले भरिपुर्ण खेल मा काठमाडौ का बलर को उत्कृष्ट बलिङ गर्दा टिम चौराहा धनगढि लाई जित्न निकाल्न अन्तिम ओवर , अन्तिम विकेट सम्म पुग्नु पर्यो । ओपनर सुनिल धमला र अश्फाग अहमद लाई सस्तै मा गुमाएको धनगढी ले खराब सुरुवात गरेको थियो । धमला १३ रन मा आउट हुँदा अहमद ले १ रन मात्र बनाएका थिए । यसपछि ईनिग उकास्दै रोहन मुस्तफा ले २० बलको सामना गर्दै ३३ रन बनाएका थिए भने राजु रिजाल ले ६ रन बनाउदाँ , अन्तिम सम्म जित नजिक पुर्याएका सङ्खर राना ले २८ रन बनाएका थिए उनि रन आउट हुन पुगे । यस्तै राजेश पुलामी मगर ले ८ रन , र सोनि तामाङ १४ बनाएका थिए ।
रोमाञ्चक थपिएको खेल मा धनगढि लाई जित्न का लागि अन्तिम ओवर मा १० रन को आबस्यकता रहेको थियो । ओवर को सुरु मा ३ वाईड मार्फत ३ अतिरिक्त रन प्राप्त गरेयो धनगढि ले अनि पहिलो बल मा १ रन दोस्रो मा शून्य , तेस्रो र चौथो बल मा लगातार दुई विकेट लिदै रासिद खान ले खेल लाई मोडिदिए यसपछि अन्तिम दुई बल मा जित्न का लागि ६ रन आबस्यक पर्यो हात मा मात्र अन्तिम विकेट बाकी भएको अबस्थामा ओवर को पाचौ बल मा छ्क्का प्रहार गर्दै साम्साद खान ले धनगढि लाई जित दिलाउँन सफल भए ।
बलिगँ तर्फ शनि पटेल र राशिद खान ले समान २/२ विकेट लिए भने भाटी , ललित र शाहव आलम ले १/१ विकेट हात पारे ।
यस अगि एसएसपि क्रीकेट मैदान धनगढी मा टस हारी पहिले ब्याटिङ गरेको ज्ञानेन्द्र मल्ल ले कप्तानी गरिरहेका काठमाडौ गोल्डेन्स ले निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेट को क्षतिमा १ सय २७ रन मात्र बनाएको थियो । मध्यम स्कोर खडा गरेको काठमाडौ का लागि कप्तान ज्ञानेन्द्र मल्ल ले सर्बाधिक ३८ रन बनाएका थिए । ३ चौका , २ छ्क्का को मद्दत मा २३ बलको सामना गर्दै उक्त रन बनाएका थिए , आज राम्रो लय देखाउदै ब्याटिङ गरिरहेका ज्ञानेन्द्र रोहन मुस्तफा को बल मा एलबीडब्लू को सिकार हुँदा निराश मुद्रा मा पवेलियन फर्किन बाध्य भए । यस्तै काठमाडौ का लागि ओपनर अमित श्रेष्ठ ले ३६ रनको योगदान गरे उनले ३८ बलको सामना गर्दै २ चौका र १ छ्क्का प्रहार गरेका थिए । यस्तै अर्का ओपनर सुशन भारी लाई भने टिम ले शून्य रन मा गुमाएको थियो , यस्तै भुपेन्द्र थापाले १० रन थपे , यसपछि ज्ञानेन्द्र मल्ल ले टिम को स्कोर उकास्न कप्तानी पारी खेल्दा , अन्य ब्याटसम्यान को उल्लेख्य योगदान टिम का लागि भएन , पुस्प थापा १६ रन ,नरेश बुढाएर ९ रन , शनि पटेल ३ र ललित राजबम्शी ले १ रन बनाएका थिए ।
नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक धनराशि पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल ले “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |
बलिगं तर्फ काठमाडौ लाई मध्यम स्कोर मा रोक्न सोमपाल कामी र ललित भन्डारी ले समान २/२ विकेट लिए । सोमपाल ले ४ ओवर गर्दै २१ रन खर्चिएका थिए यस्तै ललित भन्डारी ले ४ ओवर बलिगं गर्दै ३२ रन खर्चिएर २ विकेट लिए । यस्तै किफायती बलिगं गरेका सुनिल धमला ले ४ ओवर गर्दै मात्र १४ रन खर्चिएर १ विकेट लिए भने सम्साद खान र रोहन मुस्तफा ले पनि १/१ विकेट हात पारे ।
अब यो पछि एलिमिनेटर मा महेन्द्रनगर युनाइटेड र सिवाईसि अत्तरिया भिडने छ्न । यस खेल बाट बिजयी टिम ले आजै भएको पहिलो क्वालिफायर को पराजित टिम काठमाडौ गोल्डेन्स सगँ चैत्र २८ गते दोस्रो क्वालिफायर खेल्नेछ । र दोस्रो क्वालिफायर को बिजयी टिम ले टिम चौराहा धनगढि सगँ फाईनल खेल्नेछ ।