onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकपमा आयोजक ईङ्गल्याण्डको विजयी सुरुवात

जेठ १७ ,अनलाईन खेलखबर ।। १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकप अन्तर्गत उद्घाटन खेलमा आयोजक ईङ्गल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको ठुलो अन्तरले पराजित गर्दै जारी विश्वकपमा घरेलु टोली ईङ्गल्याण्डले सुखद सुरुवात गरेको छ ।

गएराती भएको खेलमा ईङ्गल्याण्डले दिएको ३ सय १२ रनको ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको दक्षिण अफ्रिका ३९.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय ७ रनमा सिमित हुन् पुगेपछि टिमले पहिलो खेलमा हार व्यहोर्नु पर्यो ।

दक्षिण अफ्रिका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै उक्त रन बनाएका थिए । यस्तै ६१ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा भान डर डुसेनले ५० रनको पारी खेले ।

यस्तै टिमका लागी दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा एडेन मार्करामलाई ७.४ ओवरमा व्यक्तिगत ११ रनमा गुमाएको थियो । उनलाई आर्चरले जो रुटबाट क्याच गराएका थिए । यसपछि टिमका कप्तान फाफ डु प्लेसिसाई पनी दोस्रो विकेटका रुपमा मात्र ५ रनमा गुमाएको थियो ।

बलिङ्ग तर्फ ईङ्गल्याण्डका जोफ्रा आर्चरले सर्बाधिक ३ विकेट लिए । ७ ओवर बलिङ्ग गरेका उनले १ ओवर मेडन राख्दै २७ रन खर्चेर उक्त विकेट लिएका थिए । त्यस्तै लियाम प्लन्केट र बेन स्टोक्सले पनी समान २/२ विकेट लिदाँ मोइन अली र आदिल राशीदले पनि समान १ /१ विकेट लिए ।

त्यसअघि लण्डन स्थित ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर दक्षिण अफ्रिकाले ईङ्गल्याण्डलाई सुरुमा ब्याटिङ्गको निम्तो दिएको थियो । जसअनुसार इंग्ल्यान्डले निर्धारित ५० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो ।

ईङ्गल्याण्डलाई ठुलो स्कोर सम्म पुर्याउन बेन स्टोक्सले सर्बाधिक ८९ रनको पारी खेले । ७९ बलको सामना गर्दै ९ चौकाको मद्दतमा उक्त रन बनाएका उनी ४८.६ ओवरमा आठौ विकेटका रुपमा लुन्गी एन्गीडीको बलमा हासिम अमलाबाट क्याच आउट हुन पुगेका थिए ।

यता खेलको पहिलो ओवरमै टिमले पहिलो विकेटका रुपमा जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो । उनि ईमरान ताहिरको बलमा आउट हुन् पुगेका थिए ।

यसपछि भने टिमले राम्रो गर्यो । जसमा रुट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको ठुलो साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । ओपनर जोसन रोयले ५४ रन जोडे भने जो रुटले पनि ५१ रनको योगदान गरे । रुटले ५९ बलको सामना गर्दै ५ चौकाको मद्दतमा उक्त रन बनाए ।

रुट र रोय आउट भएपछी टिमले फेरी अर्को राम्रो साझेदारी पायो । जसमा कप्तान इओन मोर्गन र बेन स्टोक्स बीच पनि १ सय ६ रनको साझेदारी हुन पुगेपछि टिमले ठुलो स्कोर तर्फ अग्रसर भएको हो ।

चौथो विकेटका रुपमा पभेलियन फ़र्किएका इओन मोर्गनले ६० बलको सामाना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाएका थिए । यस्तै जस बटलरले १८ रन जोडे ।

बलिङ्ग तर्फ दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले सर्बाधिक ३ विकेटहात पारे भने कागिसो रबाडा र इमरान ताहिरले पनी समान २ /२ विकेट लिए भने एन्डिले फेलुक्वायोले १ विकेट लिन सफल भए ।

अब आज शुक्रबार विश्वकपमा वेस्ट ईण्डिज र पाकिस्तान बिच प्रतिष्पर्दा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि सुरु हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *