क्रिकेट  विश्वकप आज देखी सुरु : उद्घाटन खेलमा आयोजक ईङ्गल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने

क्रिकेट विश्वकप आज देखी सुरु : उद्घाटन खेलमा आयोजक ईङ्गल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने

जेठ १६ , अनलाईन खेलखबर ।। क्रिकेटको महामेला आईसीसी एकदिवसिय विश्वकप आज बिहिवार देखि सुरु हुदैछ । यसपटकको १२ औं सस्करणको विश्वकपलाई ईङ्गल्याण्ड र वेल्सले आयोजना गर्दैछन ।

जुलाई १४ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज ईङ्गल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि लण्डन स्थित केनिंग्टन ओवलमा हुनेछ ।

फाईल फोटो

क्रिकेटको जम्मदाता समेत रहेको ईङ्गल्याल्डले अहिले सम्म उपाधी उचाल्न सकेको छैन । ३ पटक फाईनल पुगेपनी टिम हाल सम्म उपाधी बिहिन छ । ईङ्गल्याण्ड देखी सन् १९७५ देखी सुरु भएको विश्वकप अहिले ईङ्गल्याण्डमा आईपुगेको छ ।
तसर्थ ईङ्गल्याण्डका लागी यो विश्वकप धेरै विशेष रहेको छ ।

सन् १९७९ , १९८७ र १९९२ मा फाईनल पुगेको ईङ्गल्याण्ड यसपछिका सस्करणमा फाईनल पुग्न सकेको छैन । लामो अबधि भईसकेको अबस्था छ तर अहिले यसपटक भने ईङ्गल्यांण्ड पनी बलियो टिमको रुपमा देखा परेको छ । जसलाई उपाधिको दाबेदार समेत मानिएको छ ।

उता दक्षिण अफ्रिका भने विश्वकपमा सबैभन्दा अभागी टिमको रुपमा लिने गरिन्छ । अहिले सम्मको सस्करण सम्म आईपुग्दा दक्षिण अफ्रिकाले अहिले सम्म फाईनल खेलेको छैन । राम्रो खेल्दा खेल्दै पनी भ्याईट्ल खेलमा दक्षिण अफ्रिका सदैभ चुक्ने गरेको पाईन्छ । जसको परिणाम यो हो ।

अहिले सम्म दक्षिण अफ्रिका ४ सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमले सेमिफाईनल पार गरेको छैन ।

दुई विश्वकपका अभागी टिम बिचको आजको खेल हेर्न लायक पक्कै हुनेछ । दुवै टिम विश्वकपको पहिलो खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने चाहन्छन ।

टिम ईङ्गल्याण्ड : इयोन मोर्गन ( कप्तान ) असोन रॉय, जॉनी बेयरस्टो, जो रूट, बेन स्टोक्स, जोस बटलर (डब्ल्यू), मोइन अली, क्रिस वोक्स, लियाम प्लंकेट, जोफ्रा आर्चर, आदिल राशिद, टॉम कुरेन, मार्क वुड, जेम्स विंस,र लियाम डॉसन

दक्षिण अफ्रिका : फाफ डु प्लेसिस ( कप्तान ) हशिम अमला, क्विंटन डी कॉक (डब्ल्यू), रासी वान डेर डूसन, जीन-पॉल ड्यूमिनी, डेविड मिलर, एंडिले फेहलवेवे, ड्वाइन प्रीटोरियस, कैगिसो रबाडा, लुंगी नगिदी, इमरान ताहिर , एडेन मार्कराम, तबरेज़ शम्सी, क्रिस मॉरिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *