प्रधानमन्त्री कपमा प्रदेश २ को पहिलो जीत

प्रधानमन्त्री कपमा प्रदेश २ को पहिलो जीत

१५ , अनलाईन खेलखबर ।। काठमाण्डौमा जारी तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा भएको खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

बुधवार भएको खेलमा कर्णाली प्रदेशले प्रस्तुत गरेको ९४ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश २ ले उक्त लक्ष्य १६ ओवरमा मात्र १ विकेट गुमाएर भेटायो ।

झिनो लक्ष्य पछ्याएको प्रदेश २ ले जारी प्रतियोगितामा पहिलो जीत हासिल गर्ने क्रममा ओपनर ब्याट्सम्यानले अविजित रहदै अर्धसताकिय पारी खेलेपछी टिमले सहज हासील गर्न सफल भयो ।

६४ बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा ५५ रनको पारी खेले । ६.५ ओवरमा पहिलो विकेटका रुपमा टिमका उप कप्तान हसीम अन्सारीलाई ब्यक्तिगत १२ रनमा गुमाएको प्रदेश २ का रबी शाहले पनी अविजित रहदै १६ रन बनाउदै टिमलाई जित दिलाए ।

एकमात्र विकेट कर्णालीका प्रकाश जैशीले लिएका थिए ।

त्यस अघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा टस जितेर कर्णालीले सुरुमा ब्याटिंङ्ग गर्दै निराशाजनक प्रदशन गर्ने क्रममा ३०.४ ओवरमा अलआउट हुदैँ मात्र ९३ रन बनाएको थियो ।

कर्णालीको तर्फबाट प्रकाश जैशीले सर्बाधिक ३७ रनको पारी खेले । ५४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन जोडेका थिए । यस्तै कर्णालीका कप्तान रबिन्द्र जङ्ग शाहीले १४ रनको पारी खेल्दा अन्य खेलाडीहरु वाट भने सम्झिनलायक को प्रदशन हुन् नसक्दा टिमले निकै झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।

बलिङ्ग तर्फ प्रदेश २ का कुमार थापाले ३ तथा रासिद खान , शम्साद शेख र हरी सङ्गखर शाहले समान २/२ विकेट लिएका थिए । भने दिभान्सु मलिकले १ विकेट लिन सफल भएका थिए ।

समुह ” बि ” वाट सेमिफाईनल टाढा रहेको भएपनी आजको खेल दुवै टिमलाई प्रतिष्ठाका लागी मात्र थियो । जसमा प्रदेश २ ले बाजी मार्न सफल भयो ।

जारी प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरी खेल संचालन भईरहेको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *