आर्मी प्रधानमन्त्री कपको सेमिफाईनल प्रवेश
जेठ १४ , अनलाईन खेलखबर ।। लगातार तेस्रो खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी जारी तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिताको लगभग सेमिफाईनल पुगेको छ ।
मङ्गगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय १७ रनको बिशाल अन्तरले पराजित गर्दै आर्मी समुह “बि” बाट सेमिफाईनल पुगेको हो । यसअघि आर्मीले पहिलो खेलमा प्रदेश २ लाई १ सय ७१ रनको बिशाल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले पराजित गरेको थियो । भने जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो ।
अब समुह चरणमा आर्मीले आफ्नो अन्तिम खेल आउदो जेठ १८ मा नेपाल पुलिसँग खेल्ने छ । यदि यो खेलमा आर्मीले जित हासिल गरेको खण्डमा आर्मी समुह बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्नेछ ।
आज भएको खेलमा आर्मीले प्रस्तूत गरेको २ सय ९१ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको कर्णालीले निकै खराब ब्याटिंङ्ग गर्दै ३५.१ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७३ रनमा सिमित हुन् पुगेपछि खेल आर्मीले आफ्नो पक्षमा सहज तरिकाले पार्न सफल भयो ।
बलियो आर्मीका बलर सामु कर्णालीका शुशान्त थापाले सर्बाधिक ३१ रनको पारी खेले । ३५ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा सो रन बनाए । यस्तै रबिन्द्र प्याकुरेलले २८ रन , दिवनं पुनले २६ रन , कप्तान रबिन्द्र जंङ्ग शाहीले १३ तथा युनिष सिहले २० रन बनाएका थिए ।
बलिङ्गमा आर्मीका शुशन भारीले ४ तथा करन केसी र शाहब आलमले समान २/२ विकेट लिएका थिए । यस्तै कुशल मल्ल र हरि बहादुर चौहानले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले टस जितेर आर्मीलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार आर्मीले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ९० रनको योगफल खडा गरेको थियो ।
आर्मीको बिशाल योगफलमा ओपनर ब्याट्सम्यान राजु रिजाल र हरी कृष्ण झाले ठुलो योगदान गरे । पहिलो विकेटका लागि ओपनिङ्ग १३२ रनको साझेदारी यी दुई ब्याट्सम्यान बाट हुन पुगेको थियो ।
टिमलाई शानदार सुरुवात दिलाएका राजुले ७८ बलको सामना गर्दै १० चौकाको मद्दतमा ६६ रनको पारी खेल्दै पहिलो विकेटका रुपमा पभेलियन फर्किएका थिए । राजु आउट भए सगै हरी कृष्ण झा पनि ५२ रन बनाएर आउट हुन् पुगे ।
१०० बलको सामाना गरेका उनले ४ चौका प्रहार गर्दै टिमका लागि महत्वपुर्ण योगदान गरे । यसपछि टिमका लागि रोहित कुमार पौडेलले पनी अर्धसतकीय पारी खेल्दा टिम ठुलो योगफल खडा गर्न सफल भयो । ५१ बलको समाना गरेका रोहितले ४ चौकाको सहयोगमा ५६ रनको पारी खेले ।
यस्तै टिमका लागी करन केसीले २८ रन थपे ।
बलिङ्गमा कर्णालीका ललित प्याकुरेल एक्लैले ५ विकेट चटकाए भने रबिन्द्र जंग शाहीले २ तथा प्रकाश जोशीले १ विकेट लिए ।
जारी प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरी खेल संचालन भईरहेको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।
समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।
प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।