पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ प्रधानमन्त्री कपको सेमिफाईनल नजीक

पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ प्रधानमन्त्री कपको सेमिफाईनल नजीक

जेठ १४ , अनलाईन खेलखबर ।। तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिता आज कीर्तिपुरमा भएको खेलमा पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित रहेको छ ।

पहिलो खेलमा एपीएफ सँग ४१ रनले पराजित भएपछी यसपछिका दुई खेलमा प्रदेश ३ ले लगातार जित निकालेको छ । दोस्रो खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजीत गरेको छ ।

मङ्गगलबार भएको खेलमा गण्डकीले प्रस्तुत गरेको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ५ ले उक्त बिजयी लक्ष्य ३०.१ ओवरमा मात्र ३ विकेट गुमाएर भेटायो ।

प्रदेश ३ लाई महत्वपूर्ण खेलमा जित हासील गर्न ईशान पाण्डेय र आदील खान विचको अविजित पारीनै प्रयाप्त भयो । ईशानले २६ रन बनाए भने आदील खानले ३८ रनको योगदान गरे ।

ईनिङ्गको सर्बाधिक धेरै रन बनाएका आदीलले ५३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान रित गौतमले २० तथा रबिन जोशीले ११ रन बनाएका थिए । भने अभियान बस्नेतले ५ रन बनाएर आउट हुन् पुगेका थिए ।

७.२ ओवरमा टिमको स्कोर ४१ रन हुदाँ ३ विकेट गुमाएको प्रदेश ३ लाई आदील र ईशान्तको जोडीले जित तर्फ पुर्याउन सफल भए ।

बलिङ्ग तर्फ गण्डकीका किशोर महतोले २ तथा बिपिन खत्रीले १ विकेट लिएका थिए ।

त्यसअघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा टस जित्दै गण्डकी प्रदेशले पहिले ब्याटिंङ्ग गर्दै ३०.१ ओवरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय ८ रन बनाएको थियो ।

प्रदेश ३ को कसीलो बलिङ्ग सामु खुलेर खेल्न असफल भएका गण्डकीका ब्याट्सम्यान मध्य सुमा घिमिरे र आकाश थापा बाहेक अन्य खेलाडीहरुले निकै निराशाजनक प्रदशन गरेपछी टिम कम स्कोरमा रोकिएको थियो ।

सुमाले ३२ बलको सामना गर्दै १ चौका र ३ छक्काको मद्दतमा ३४ रन बनाएका थिए भने आकाशले २८ रन बनाए ।

गण्डकीको ब्याटिंङ्ग ध्वस्त पार्ने क्रममा प्रदेश ३ का कप्तान पारस खडका र सुर्य तामाङ्गले समान ४/४ विकेट हात पारे भने नन्दन यादबले पनि २ विकेट लिए । किफायती बलिङ्ग गर्नेक्रममा पारसले ८ ओवर बलिङ्ग गर्दै १ ओवर मेडन राख्दै मात्र १८ रन खर्चिएर उक्त विकेट लिन सफल भएका हुन् ।

यो जित संगै अहिले प्रदेश ३ समुह ए बाट अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । प्रदेश ३ ले ३ खेलबाट २ मा जित र १ मा हार व्यहोर्दै ४ अंक सहित अंकतालिकामा पहिलो स्थानमा रहेको छ भने एपीएफले पछ्याईरहेको छ । अब प्रदेश ३ ले सुदुर पश्चिम सँग खेल्न बाकि रहेको छ ।

जारी प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरी खेल संचालन भईरहेको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *