पारसको कप्तानीमा रहेको प्रदेश ३ को पहिलो जीत

पारसको कप्तानीमा रहेको प्रदेश ३ को पहिलो जीत

जेठ १३ , अनलाईन खेलखबर ।। तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिता आज मूलपानीमा भएको खेलमा पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित रहेको छ ।

खेलमा प्रदेश ५ ले प्रस्तुत गरेको १ सय २३ रनको झिनो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ३ ले २१.५ ओवरमा मात्र ४ विकेट गुमाएर भेटायो । प्रदेश ३ लाई प्रतियोगितमा पहिलो जित निकाल्ने क्रममा ओपनरद्रय रित गौतम र रबिन जोशीले राम्रो प्रदशन गरेका थिए ।

२९ बलको सामना गर्दै ७ चौकाको मद्दतमा रितले ३७ रन बनाउदा रबिन जोशीले ३५ रनको योगदान गरेका थिए । ४१ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमले तेस्रो विकेटका लागी टिमका कप्तान पारस खड्कालाई भने टिमले सस्तैमा गुमाएको थियो । उनले मात्र १ रन बनाएर सिद्दान्त शाहीको बलमा सुरज दरालको हातबाट क्याच आउट हुदै पभेलियन फर्किएका थिए । यसअघि पहिलो खेलमा पारसले एपीएफ बिरुद्द ४६ रनको पारी खेलेका थिए ।

यस्तै टिमका लागि आदील खानले १२ तथा ईशान्त पाण्डेयले अविजित रहदै २१ रनको पारी खेलेपछि टिमले प्रदेश ५ माथि सहज जित हासिल गरेको हो ।

बलिङ्गमा प्रदेश ५ का लागी अनिल खरेल र सिद्दांत शाहीले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि मूलपानि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर प्रदेश ३ ले प्रदेश ५ लाई सुरुमा ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार प्रदेश ३ को कसिलो बलिङ्ग सामु खुलेर खेल्न नसकेपछि प्रदेश ५ ले ४२ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय २२ रन मात्र बनाएको थियो ।

प्रदेश ५ का लागि संदिप सुनारले १४ रन , शुभेन्दु पाण्डेयले २० तथा सुरज दरालले १८ रन बनाउनु बाहेक अन्य खेलाडीहरु बाट निराशाजनक प्रदशन गरेपछि टिम कम स्कोरमा रोकिएको थियो ।प्रदेश ५ को ब्याटिंङ्ग ध्वस्त पार्ने क्रममा प्रदेश ३ का लागी कप्तान पारस खडकाले सर्बाधिक ४ विकेट लिन सफल भए । १० ओवर बलिङ्ग गरेका पारसले ३ ओवर मेडन राख्दै २४ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै सुर्य तामांङ्गले ३ तथा नन्दन यादबले २ विकेट लिएका थिए । भने प्रतिश जिसीले पनि १ विकेट चट्काएका थिए ।

जारी प्रतियोगितामा प्रदेश ३ को यो पहिलो जित हो । यसअघि प्रदेश ३ एपीएफ सँग ४१ रनले पराजित गरेको थियो ।

यस्तै आज त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले हराएको थियो ।

जारी प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरी खेल संचालन भईरहेको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *