विश्वकपको वार्म-अप खेलमा अष्टेलिया विजयी
जेठ १२ , अनलाईन खेलखबर || मे ३० देखी जुलाई १४ सम्म ईङल्यान्ड र वेल्समा हुनगईरहेको आईसीसी एकदिवसिय विश्वकपको पुर्बसन्धामा अहिले विभिन्न अभ्यास खेलहरु भईरहेका छ्न । जसमध्य तेस्रो अभ्यास खेलमा अस्टेलियाले ईङल्यान्डलाई रोमाञ्चक खेलमा १२ रनले पराजित गरेको छ ।
सनिवार राती सम्पन्न खेलमा अस्टेलियाले प्रस्तुत गरेको २ सय ९८ रनको बिजयी लक्ष्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ईङल्यान्ड ४९.३ ओभरमा आफ्नो सबै बिकेट गुमाएर २ सय ८५ रनमा सिमीत भएपछी नतिजा अस्टेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।
ईङल्यान्डका लागिजेम्स भिन्सले सर्बाधिक ६४ रनको पारी खेले । ७६ बलको सामना गरेका उनले ५ चौका सहित उक्त रन बनाएका थिए ।
यस्तै जस बटलरले ५२ रनको योगदान गरे । ३१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै ओपनर जोसन रोयले ३२ रन , जोनी बेयरस्ट्रोले १२ रन , ,बेन स्ट्रोक्सले २० रन तथा मोईन अलीले समान २२ रन बनाए भने क्रिस वोक्स ४० रनको योगदान गरेका थिए ।
बलिङ तर्फ अस्टेलियाका लागि जासन बेहरनडर्फ र केन रिचड्सनले समान २ /२ विकेट हात पारे । त्यस्तै नाथन लायन, नाथन कुल्टर , एडम जम्पा,मार्कस स्टोइनिस समान १ विकेट लिन सफल भएका थिए ।
त्यसअघि वेन्यू द रोज़ बाउल, साउथम्पटनमा जारी खेलमा घरेलु टिम ईङ्गल्याण्डले टस जितेर अष्टेलियालाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार अष्टेलियाले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको थियो ।
स्टीवन स्मिथले सतकीय पारी खेलेपछि टिमले ठुलो योगफल खडा गरेको हो । १०२ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मद्दतमा ११६ रनको योगदान गरे । यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान डेबिट वार्नरले पनी ४३ रनको योगदान गरे ।
भने शॉन मार्श र एलेक्स केरीले समान ३०/३० रन बनाउदा उस्मान ख्वाजाले ३१ रनको योगदान गरेका थिए ।
बलिङ्ग तर्फ ईङ्गल्याण्डका लियाम प्लंकेटले सर्बाधिक ४ विकेट हात पारे भने लियाम डॉसन र मार्क वुडले पनी १/१ विकेट लिएका थिए ।