onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्मिथले सतकीय पारी खेलेपछी अष्टेलियाले दियो ईङ्गल्याण्डलाई ठुलो चुनौती

जेठ ११ , अनलाईन खेल खबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसिय विश्वकपको पूर्वसन्धामा अहिले विभिन्न अभ्यास खेल हरु भईरहेको छ । जसमध्ये तेस्रो अभ्यास खेलमा अहिले अष्टेलियाले ईङ्गल्याण्डको सामना गरिरहेको अबस्था छ ।

वेन्यू द रोज़ बाउल, साउथम्पटनमा जारी खेलमा घरेलु टिम ईङ्गल्याण्डले टस जितेर अष्टेलियालाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार अष्टेलियाले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ९७ रन बनाएको छ ।

स्टीवन स्मिथले सतकीय पारी खेलेपछि टिमले ठुलो योगफल खडा गरेको हो । १०२ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मद्दतमा ११६ रनको योगदान गरे । यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान डेबिट वार्नरले पनी ४३ रनको योगदान गरे ।

भने शॉन मार्श र एलेक्स केरीले समान ३०/३० रन बनाउदा उस्मान ख्वाजाले ३१ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ ईङ्गल्याण्डका लियाम प्लंकेटले सर्बाधिक ४ विकेट हात पारे भने लियाम डॉसन र मार्क वुडले पनी १/१ विकेट लिएका थिए ।

अब अष्टेलियाले प्रस्तुत गरेको २ सय ९८ रनको बिजयी लक्ष्य पछ्याउदै ईङ्गल्याण्डले अहिले जवाफी ब्याटिंङ्ग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्