विश्वकपको वार्म-अप खेलमा भारतद्रारा न्युजिल्याण्ड सामु झिनो लक्ष्य प्रस्तुत
जेठ ११ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी विश्वकपको पूर्व सन्धामा अहिले विभिन्न अभ्यास खेल हरु भईरहेको छ । जसमध्ये चौथो अभ्यास खेलमा अहिले भारतले न्युजिल्याण्डको सामना गरिरहेको अबस्था छ ।
केनिंग्टन ओवल लण्डनमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै ३९.२ ओवरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।
ईनिङ्गको दोस्रो ओवरमै टिमका भरपर्दा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई व्यक्तिगत २ रनमा गुमाएको भारतले खराब सुरुवात गर्ने क्रममा अर्का ओपनर ब्याट्सम्यान शिखर धवनलाई पनी सस्तैमा गुमायो । उनि ३.१ ओवरमा मात्र २ रन बनाएर आउट हुन् पुगे ।
महत्वपुर्ण २ विकेट सस्तैमा गुमाएको भारतको यसपछि पनी विकेट पतन हुने क्रम रोकिएन । यसपछि लगत्तै लोकेश राहुलले पनि आफ्नो विकेट गुमाए । उनले पनी निराशाजनक प्रदशन गर्ने क्रममा ६ रन मात्र बनाए ।
लोकेश आउट भए लगत्तै कप्तान बिराट कोहली पनि १८ रन बनाएर पभेलियन फर्किए । २८ बलको सामना गरेका उनले ३ चौका प्रहार गरे ।
त्यसपछी हार्दिक पाण्डेयले ३० रन , दिनेश कार्तिकले ४ तथा महेन्द्र सिह धोनीले १७ रनको योगदान गरे ।
र अत्यतिर नवौ विकेटका रुपमा टिमका लागि रबिन्द्र जडेजाले अर्धसतकिय पारी खेलेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भएको हो । उनले ५० बलको सामना गर्दै ५४ रनको योगदान गरे । लोकी फर्ग्यूसन बलमा गुप्टिलको हात बाट क्याच हुन् पुगेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
बलिङ्ग तर्फ न्युजिल्याण्डका ट्रेंट बोल्टले सर्बाधिक ४ विकेट लिए भने जेम्स नीशमले ३ विकेट हात पारे साथै टिम साउथी कोलिन डी ग्रैंडहोमे र लॉकी फर्ग्यूसनले समान १/१ विकेट हात पारे ।
अब भारतले दिएको १ सय ८० रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै न्युजिल्याण्डले अबको केहीबेरमा जवाफी ब्याटिंङ्ग गर्नेछ ।