onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रधानमन्त्री कप सुरु : आर्मी र प्रदेश २ बिचको खेल जारी

जेठ १० , अनलाईन खेलखबर ।। राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा आज देखि तेस्रो सस्करणको प्रधानमन्त्री कप क्रीकेट प्रतियोगिता सुरु भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा जारी प्रतियोगिताको उद्दघाटन खेलमा आर्मी र प्रदेश २ प्रतिष्पर्दा गरिरहेका छ्न ।

जसमा अहिले सुरुमा आर्मिले पहिले ब्याटिङ गरिरहेको अबस्था छ ।

यता प्रतियोगिताको उद्द्घाटन युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले गरेका थिए ।यस्तै आयोजक राष्टिय खेलकुद परिषदका पदाधिकारीको उपस्थितिका प्रतियोगिताको उद्घाटन गरिएको थियो ।


जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न । भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *