विश्व क्रिकेटका ११ उत्कृष्ट ब्याट्सम्यान : जसको यो विश्वकप खास रहने छ

विश्व क्रिकेटका ११ उत्कृष्ट ब्याट्सम्यान : जसको यो विश्वकप खास रहने छ

जेठ १२, अनलाईन खेलखबर || विश्वको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता अर्थात क्रिकेटको महाकुम्भमेला आइसीसी एकदिवसीय विश्वकपको सुरु हुन् अब मात्र ४ दिन मात्र छ यस्तोमा अहिले विश्व क्रिकेटमय बन्दै गएको छ। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एविश्वकपमा भाग लिने १० टिमले अहिले आफ्नो १५ सदस्यीय टोली घोषणा गरिसकेका छन ।

यी १५ सदस्यीय टोलीका खेलाडी मध्य हामीले उत्कृष्ट ११ ब्याट्सम्यानको बारेमा यस साग्रामीमा चर्चा गरेका छौ।

११. आरोन फिंच (अस्ट्रेलिया)
अष्टलियाका कप्तान आरोन फिंच अहिले निकै राम्रो लयमा रहेका छन । निकै आक्रमक ब्याटिंङ्ग गर्ने क्रममा उनि अष्टलियाका मुख्य ब्याट्सम्यानका रुपमा चिनिन्छन । उनकै कप्तानीमा रहेको टिम विश्वकपको सबैभन्दा सफल टिम हो । र यसपटकको दाबेदार पनी ! अहिले सम्म अष्टलियाले ५ पटक उपाधि उचालेको छ।  आरोन फिंचले एकदिवसिय क्रिकेटमा १०९ खेलबाट ४०५२ रन आफ्नो खातामा जोडिसकेका छन ।

एकदिवसिय बरियतामा ११ औँ नम्बरमा रहेका आरोन फिंच अस्ट्रेलियाका लागी यसपटकको विश्वकपका खास खेलाडी हुन् । र पछिल्लो समय उनको प्रदशनलाई हेर्दा पनि टिमले ठुलो आशा उनीप्रति राखेको छ ।

१०. मार्टिन गप्टिल (न्युजिल्यान्ड)
डेब्यु खेलमै सतक प्रहार गर्ने गप्टिल न्युजिल्यान्डका लागी पहिलो ब्याट्सम्यान हुन। एकदिवसीयको सन्दर्भमा सन २००९ जनवरी १० मा वेस्ट इंडीज विरुद्ध डेब्यु गरेका गप्टिलले अविजित रहदै १२२ रनको पारी खेल्दै शानदार सुरुवात गरेका थिए ।

यस १० वर्षको अन्तरालमा गप्टिलले अहिले सम्म १६९ खेल खेल्दै ६४४० रन आफ्नो खातामा जम्मा गरिसकेका छन । १६४ छक्का र ६५६ चौका प्रहार गरेका गप्टिलको औसत रन ४३.५१ रहेको छ। एकदिवसीयमा दोहोरो सतक प्रहार गर्ने न्युजिल्याण्डका पहिलो र विश्वका लागि पाचौ खेलाडि हुन ।

९. जो रूट (ईङल्यान्ड)
सन् २०१३ देखि एकदिवसीय खेल खेल्दै आएका जो रुट पुरा नाम “जोसेफ एडवर्ड रूट” ईङल्यान्डका हुन्। १३१ खेल्दै रुटले आफ्नो खातामा ५३०० रन जोडिसकेका छन। उनको औसत रन ५०.४७ रहेको छ।

रुटले १२४ पारि खेल्दै १४ सतक र ३० अर्धसतक बनाएका छन। उनको सर्वाधिक रन बंग्लादेश विरुद्ध अविजित रहदै १३३ रनको रहेको छ। जसमा उनले टिमलाई जित निकाल्नमा अहम भूमिका निर्वाह गरेका थिए।

दायाँ हाते ब्याट्सम्यान २८ बर्षीय रुटले ब्याटिंङ्गका साथ साथै बलिङ्गमा पनि क्षमता राख्छन । उनले हाल सम्म एकदिवसिय क्रिकेटमा ६१ खेलवाट २० विकेट लिईसकेका छन ।

८. फखर ज़मन (पाकिस्तान)
आइसीसी च्याम्पियन्स ट्राफीमा दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानको लागि डेब्यु गरेका बाया हाते ब्याट्सम्यान फखर ज़मन ३६ खेलमा १६४२ रन बनाइसकेका छन। आक्रामक शैलीमा आफुलाई ढाल्न सक्ने क्षमताका फखरको औसत रङ ५१.३१ रहेको छ।

जिम्बाब्वे विरुद्ध आफ्नो चौथो एकदिवसीय म्याचमा व्यक्तिगत नटआउट २१० रन प्रहार गरेका फखर पाकिस्तानका पहिलो दोहोरो सतक गर्ने खेलाडि समेत हुन । यस्तै उनले एकदिवसीयमा १८ पारीमा हजार रन पुरा गर्ने नया विश्व रेकर्ड आफ्नो नाममा लेखाई सकेका छन । उनले अहिले सम्म एकदिवसिय क्रिकेटमा एक डबल सतक सहित ४ सतक र १० अर्धसतक बनाईसकेका छन ।

७. बाबर आज़म (पाकिस्तान)
पाकिस्तानी क्रिकेटमा आफ्नो छुट्टै छाप् पाकिस्तानी खेलाडि बाबर आज़म बिस्पोटक ब्याट्सम्यान हुन। एकदिवसीय खेलमा लगातार तिन सतक जडेका आज़म आक्रामक युवा क्रिकेटरका रुपमा  चिनेने गर्छन।  टि-२० को सन्दर्भमा विराट कोहलीलाई  पछि पार्दै २६ पारि मा १००० रन पुराउने रेकर्ड आज़मको नाममा रहेछ छ।

सन् २०१५ देखि एकदिवसीय खेल्दै आएका आज़म ६४ म्याचमा ६२ पारि खेल्दै २७३९ रन आफ्नो खातामा जडिसकेका छन । 

६. क्विंटन डी कॉक (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान तथा विकेटकिपरको भूमिका निर्बाह गर्ने डी कॉक एकदिवसीय क्रिकेटमा १०६ म्याच खेल्दै ४६०२ रन बनाई सकेका छन । उनको सर्वाधिक रन १७८ रहेको छ भने औसत रन ४५.५६ रहेको छ।

सन् २०१३ जनवरी १९ मा न्युजील्याण्ड बिरुद्दको खेलबाट एकदिवसिय क्रिकेटमा सुरुवात गरेका क्विंटन डी कॉकले हाल सम्म एकदिवसियमा २१ अर्धसतक र १४ सतक प्रहार गरिसकेका छन ।

हालै सम्पन्न ईण्डियन प्रिमियर लिग ( आईपिएल )मा उनले निकै राम्रो प्रदशन गरेका थिए । जसले उनको लयलाई पुष्टि गर्छ टि -ट्वान्टीमा भएपनि त्यो एकदिवसिय मा यसपटक उनले विश्वकपमा निरन्तरता पक्कै दिनेछन । उनले आईपिएलमा मुम्बई ईण्डियनका लागि १६ म्याच खेल्दै ५२९ बनाएका थिए।

५. फाफ डु प्लेसिस (दक्षिण अफ्रिका)
सन् २०११ मा भारत बिरुद्ध डेब्यु गरेका डु प्लेसिस दक्षिण अफ्रिकाका हालका कप्तान हुन। मध्य क्रमका ब्याट्सम्यान डु प्लेसिसले १३४ म्याचमा १२८ पारि खेल्दै ५१२० रन बनाईसकेका छन। डु प्लेसिसको हाल सम्मको सर्वाधिक रन  १८५ रहेको छ ।

हालै सन् २४ मे, २०१९ मा श्रीलंका बिरुद्ध कार्डिफ स्टेडीएममा सम्पन्न खेलमा ८८ रन बनाएका थिए । लयमा रहेका कप्तान डु प्लेसिसले यस विश्वकपमा राम्रो खेल प्रदशन गर्नेमा दुईमत छैन ।

४. शाई होप(वेस्ट इंडीज)
वेस्ट इंडीजका विकेट किपर ब्याट्सम्यान शाई होप धुवादार  ब्याट्सम्यान हुन। एकदिवसीयमा मात्र ५४ म्याचमा ५० पारि खेल्दै २२४७ रन बनाएका शाई होपको औसत रन ५१ रहेको छ।  होपले ५०औ खेल आयरल्याण्ड  बिरुद्ध खेलका थिए।

जस खेलमा जॉन कैंपबेल संग ओपनरको भूमिका निभाउदै पहिलो विकेटका मागी ३६५ रनको साझेदारी गरेका थिए । जुन अहिले सम्मकै एकदिवसीय खेलमा सर्वाधिक साझेदारीको रुपमा क्रितिमान हो ।

वेस्ट ईण्डिजको एकदिवसीय क्रिकेटमा पाहिला चालेको उनको मात्र करिव ३ वर्ष हुन् थाल्यो । तर यो छोटो अबधिमा उनले राम्रो प्रदसन गरिरहेका छन । वेस्ट ईण्डिजको उदायमान क्रीकेटरको रुपमा शाई होपलाई लिने गरिन्छ । जसको प्रमाण उनी अहिले एकदिवसिय बरियतामा चौथो स्थानमा रहेका छन ।

उनले हाल सम्म एकदिवसीयमा १० अर्धसतक र ६ सतक प्रहार गरिसकेका छन ।

३. रोहित शर्मा ( भारत )
भारतका उप-कप्तान रोहित शर्मा ओपनर ब्याट्सम्यान हुन । २३ जुन २००७ मा आएरल्याण्ड बिरुद्द डेब्यु गरका रोहितले एकदिवसीयमा २०६ खेलमा २०० पारि खेल्दै ८०१० रन आफ्नो खातामा लेखाईसकेका छन । भारतीय क्रिकेटका भरपर्दा तथा अनुभवी खेलाडी रोहित यसपटकको विश्वकपका खास खेलाडीहरु मध्यका उनि पनि एक हुन् ।


धेरै पटक टिमकको जितमा महत्वपूर्ण भूमिका निर्बाह गरिसकेका उनको हालसम्म सर्वाधिक रन २६४ रहेको छ । भारतका कप्तान विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी रोहित माथि आउछ । रोहितको कप्तानीमा ९ खेलमा भारत ८ खेल विजय भएको छ ।

२. रोस टेलर (न्युजिल्यान्ड)
सन् २००६ मा वेस्ट इंडीज बिरुद्ध डेब्यु गरेका टेलरले अहिले सम्म २१८ म्याच खेलिसकेका छन। अनुभवी खेलाडि टेलरले अहिलेसम्म २०३ पारीमा ८०२१ रन बनाएका छन। उनको हाल सम्मको सर्वाधिक रन १८१ अविजित रहेको छ।

उनले  २० फेब्रवरी २०१९ मा सम्पन्न खेलमा बंगलादेश बिरुद्द राम्रो प्रदर्शन गरेका थिए जस सिरिजमा न्युजिल्यान्डले बंगलादेशलाइ ३-० ले हराएको थियो। टेलरको औसत रन ४८.३४ रहेको छ। अहिले उनि एकदिवसिय बरियतामा बिराट कोहली र रोहित शर्मा पछि तेस्रो स्थानमा रहेका छन ।

१. विराट कोहली ( भारत )
भारतका कप्तान कोहली आईसीसी एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने उत्कृष्ट १० ब्याट्सम्यान भित्रमामा पर्दछन । कप्तान कोहलीले स्थिर ब्याट्सम्यान हुन ।  उनले अहिले सम्म २१९ खेलबाट १०८४३ रन बनाएका छन।  यस आइसीसी विश्वकप एकदिवसिय उनि एक मात्र खेलाडि हुन जो एकदिवसीयमा सर्वाधिक रन बनाउने उत्कृष्ट १० मा छन।

विराट कोहलीको औसत रन ५९.५७ रहेको छ भने उनको सर्वाधिक रन १८३ रहेको छ। उनि भारतका लागि एकदिवसीयमा सबभन्दा छिटो १००० ,५०००,६०००,७०००,८०००,९०००,१०००० रन बनाउने पहिलो खेलाडि समेत हुन् । क्रिकेटका अनेकौ रेकर्ड बनाईसकेका उनले एकदिवसीयमा सबै भन्दा छिटो ३५ सतक बनाउने विश्वकै पहिलो खेलाडि हुन । त्यसैले एकदिवसिय बरियतमा समेत पहिलो स्थानमा रहेका कोहलीलाई हामीले पनी विश्वक्रिकेटका ११ उत्कृष्ट ब्याट्सम्यान मध्य पहिलो स्थानमा स्थान दिएका छौ ।

सन् २००८ मा श्रीलका बिरुद्द एकदिवसियमा डेब्यु गरेका उनले अहिले सम्म ४९ अर्धसतक र ४१ सतक प्रहार गरिसकेका छन । खेलका रुपमा जति सफल उनि छन् त्यतिनै कप्तानीको भूमिकामा पनि सफल हुने क्रममा उनि रहेका छन । यसपटकको विश्वकपको दाबेदार समेत रहेको भारत पहिलो पटक उनको कप्तानीमा तेस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित इंङ्गल्याण्डमा रहेको छ ।

सन् २०११ मा भारतमा भएको विश्वकपमा भारतले उपाधि उचाल्ने बेलामा पनि बिराट्ले राम्रो प्रदशन गरेका थिए । यसपटक उनलाई थप मौका पनि रहेको छ । यदि उपाधि उचालेको खण्डमा उनले आफ्नो नाम विश्व र भारतको क्रिकेट ईतिहासमा सुनौलो अक्षरमा लेखाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *