onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पारस खड्काको कप्तानीमा प्रदेश ३ को टिम घोषणा : ज्ञानेन्द्र मल्ल उप -कप्तानमा

जेठ ८ , अनलाईन खेलखबर ।। राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा यहि आउदो जेठ १० गतेदेखि काठमाडौमा हुन गईरहेको तेस्रो संस्करणको प्रधानमन्त्री कपका लागि अहिले सहभागि जनाउने टिमले आफ्नो टिमको घोषणा गर्ने क्रमजारी रहेको छ ।

यसैबिचमा प्रदेश नम्बर ३ ले पनि आफ्नो टिमको घोषणा गरेको छ ।जस अन्तर्गत टिमको कप्तानी नेपाली राष्टिय टोलीका कप्तान समेत रहेका पारस खड्काले गर्ने भएका छन ।

१४ सदस्यीय टोलीमा उप कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन । यस्तै टिममा सोनु तामाङ्ग , जितेन्द्र सिह ठकुरी ईशान पाण्डे ,रित गौतम , प्रतिष जिसी ,अभिशेक बस्नेत , सुर्य तामांङ्ग , सोनु तामाङ्ग , नन्दन यादब , गौतम केसी , आदील खान , रबिन जोशी रहेका छन ।

भने बैकल्पिक खेलाडीहरुमा भुपेन्द्र थापा , रेवती यादब , सुभ कंशाकार र दिपक बोहरा रहेका छ्न । भने टिमको प्रशिक्षकमा मन्जुर आलम खान र ब्यबस्थापक सुमन राज कार्की रहेका छन ।

यता प्रतियोगिता पहिलो पटक केही खेलहरु मुलपानि क्रीकेट मैदानमा हुनेछ भने बाकी खेलहरु किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल मुलपानीमा गरिने तयारी भईरहेको आयोजकले जानकारी गराएको छ । उद्घाटन खेल नेपाल पुलिस र प्रदेश नम्बर १ बिच हुँदा सोही समयमा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा प्रदेश २ ले त्रिभुवन आर्मीको सामना गर्नेछ ।

भने प्रदेश ३ ले प्रतियोगिताको सुरुवात जेठ ११ गते एपीएफ बिरुद्द खेल्दै सुरुवात गर्ने छ । खेल त्रिवि अन्तराष्टिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।

भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *