विश्वकपका ४  यादगार  फाईनल खेलहरु : जुन रोमाञ्चकपूर्ण बनेका थिए !

विश्वकपका ४ यादगार फाईनल खेलहरु : जुन रोमाञ्चकपूर्ण बनेका थिए !

जेठ ८ , अनलाईन खेलखबर ।। आईसीसी एकदिवसिय विश्वकपको १२ औं सस्करण सम्म आईपुग्दा क्रिकेट निकै लोकप्रिय बन्दै गएको अबस्था छ । विश्वमा आफुलाई लोकप्रिय खेलको रुपमा स्थापित गर्दै गर्दा मुख्य प्रतियोगिता विश्वकप खास रहने गर्छ ।

त्यस्तोमा यहि आउदो मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी विश्वकपको मिति नजिकिदै गर्दा विश्व विश्वकपमय बनेको छ ।

यसैको सन्दर्भमा पछिल्लो समय नेपाली खेलकुद जगतमा लोकप्रियताको शिखर चढदै गरेको अनलाईन खेलखबर डट कमले यहाँ पाढक सामु खेल र हाल विश्वकपमा आधारित विभिन्न खालका सामाग्री हरु ल्याउने क्रम सुरु गरिसकेको छ ।

र आज पनि सोहि क्रममा निरन्तरता दिने क्रममा अहिले सम्मका विश्वकपका ४ यादगार फाईनल खेलहरु जुन रोमाञ्चक पूर्ण बनेका थिए , खेलाडी , टिम र समर्थकका रुपमा ! हो आज हामि ति फाईनल खेललाई एक पटक सम्झिने छौँ ।

हामीले खेलको रोमाञ्चकताका आधारमा क्रमश स्थान दिएका छौं ।

४. पाकिस्तान र ईङ्गल्याण्ड ( १९९२ )

सन् १९९२ मा अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गएको विश्वकप फाईनल खेल पनि रोमाञ्चक बन्न पुगेको थियो । पाचौ सस्करणको उक्त विश्वकपमा पाकिस्तान र ईङ्गल्याण्ड फाईनल पुगेका थिए ।

अष्ट्रेलियाको मेलबर्नमा भएको उक्त फाईनल खेलमा सुरुमा टस जितेर पाकिस्तानले पहिले ब्याटिंङ्ग गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा २ सय ४९ रनको स्कोर खडा गरेको थियो ।

पाकिस्तानका लागि फाईनल खेलमा कप्तान ईमरान खानले उत्कृष्ट प्रदशन गर्ने क्रममा ७२ रनको पारी खेलेका थिए । भने जाबेद मिलनदादले ५८ रनको योगदान दिएका थिए ।

यसपछि विश्वकप भरि निकै राम्रो लयमा देखिएको ईङ्गल्याण्डले विश्वकप सजिलै जित्ने धेरैले आकलन गरेका थिए । तर त्यसो हुन् सकेन अन्तत ईङ्गल्याण्ड जवाफी ब्याटिंङ्ग गर्दै ४९.२ ओवरमा अलआउट हुदैँ २ सय २७ रनमा सिमित भएपछी ईङ्गल्याण्डलाई २७ रनले पराजित गर्दै पाकिस्तानले विश्वकप पहिलो पटक उचाल्न सफल भयो ।

जसको पाकिस्तानी क्रिकेटमा एक ईतिहास कायम गर्न सफल भयो । जुन पाकिस्तानले हाल सम्म सोहि मात्र विश्वकपको उपाधि उचालेको छ ।

३. वेस्ट ईण्डिज र अष्ट्रेलिया ( १९७५ )

सन् १९७५ जो पहिलो विश्वकप रहयो । त्यसबेला ६० ओवरको खेल हुने गथ्यो । विश्वकपको आयोजना क्रिकेटको जन्मदाता ईङ्गल्याण्डले गरेको थियो ।

पहिलो विश्वकप खास रहन्छ त्यस माथि फाईनल खेल पनि निकै शानदार रहयो । लण्डनमा भएको उक्त फाईनल खेलमा अष्ट्रेलियाले बेस्ट ईण्डिजको सामना गरेको थियो ।

जसमा अष्ट्रेलियाले टस जितेर बेस्ट ईण्डिजलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो ।

यसपछि टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट ईण्डिजले निर्धारित ६० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो ।

यसपछि जवाफी ब्याटिंङ्ग गरेको अष्ट्रेलिया ५८.४ ओवरमा अलआउट हुदैं २ सय ७४ रनमा सिमित भएपछी वेस्ट ईण्डिजले अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै पहिलो विश्वकप आफ्नो नाममा लेखाउन सफल भएको थियो ।

यसपछि वेस्ट ईण्डिजले लगत्तै सन् १९७९ मा ईङ्गल्याण्डमै भएको दोस्रो सस्करणको विश्वकप पनि आफ्नो नाममा लेखायो ।

यसपछि भने वेस्ट ईण्डिजले उपाधि उचाल्न सकेको छैन । वेस्ट ईण्डिजले आयोजक इंगल्याण्डलाई ९२ रनले पराजित गर्दै उपाधि उचालेको थियो ।

२. भारत र श्रीलका ( २०११ )

सन् २०११ मा भारत , बंगलादेश र श्रीलकाले संयुक्त रुपमा आयोजना गरेको १० औं सस्करण पनि क्रिकेट ईतिहासमा यादगार क्रिकेट विश्वकपका रुपमा लिने गरिन्छ ।

वानखेड़े रंङ्गशाला मुम्बईमा खचाखच करिव ३३ हजार दर्शकहरुको माझ भएको उक्त फाईनल खेल पनि रोमाञ्चक बन्न पुगेको थियो ।

खेलमा टस जितेर श्रीलकाले पहिले ब्याटिंङ्ग गर्दै महेला जयवर्धने र कुमार संगकाराको उत्कृष्ट पारीको मद्दतमा निर्धारित ५० ओवर पुरै खेल्दै ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

फाईनल खेलमा महेला जयवर्धनेले अविजित रहदै सतकीय १०३ रनको योगदान गरेका थिए भने टिमका कप्तान कुमार संगकाराले ४८ रनको योगदान गरेका थिए ।

यसपछि श्रीलकाले प्रस्तुत गरेको १ सय ७७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको भारतले उक्त बिजयी लक्ष्य ४८.१ ओवरमा ४ विकेट गुमाएर भेटाएको थियो ।

सन् १९८३ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको भारतलाई दोस्रो पटक उचाल्न भने त्यति सहज पक्कै भएन तर भनिन्छ नि मेहनत गर्नेलाई सदैभ साथ रहन्छ ।

सुरुवाती ३ महत्वपुर्ण ब्याट्सम्यानलाई सस्तैमा गुमाएको भएपनि टिमका लागि गौतम गम्भीर र कप्तान महेन्द्र सिह धोनीले निकै राम्रो ब्याटिंङ्ग गरेपछि टिमले दोस्रो पटक उपाधि उचालेको थियो ।
सचिन तेंदुलकरले १८ रन र बिराट कोहलीले ३५ रन बनाउदा बिरेन्द्र सहवाग सुन्य रनमा आउट हुन् पुगेका थिए ।

तर भारतलाई एतिहासिक सफलता दिने क्रममा गौतम र धोनीको त्यो साझेदारी अहिले सम्म पनि चर्चामा आउने गर्छ । जसले एकछत्र रुपमा ईनिङ्गलाई अगाडि बढाउदै जित सम्म पुर्याएका थिए ।

उनिहरु बिच चौथो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेका थिए ।

गौतमले ९७ रनको पारि खेल्दा महेन्द्र सिह धोनीले अविजित रहदै ९१ रनको योगदान गरेपछि टिमले श्रीलका लाई ६ विकेटले पराजित गर्दै एतिहासिक सफलता हात पारेको थियो ।

१. अष्ट्रेलिया र ईङ्गल्याण्ड ( १९८७ )

विश्वकपको १२ औं सस्करण सम्म आईपुग्दा सन् १०८७ मा अष्ट्रेलिया र ईङ्गल्याण्ड बिच भएको फाईनल खेलनै अहिले सम्मकै सर्बाधिक रोमान्चक खेलको रुपमा रहेको छ ।

४ औं सस्करणको उक्त विश्वकप् भारत र पाकिस्तानले सयुक्त रुपमा आयोजना गरेका थिए । फाईनल खेल कोलकातामा भएको थियो ।

क्रिकेट ईतिहासमा अहिले सम्मकै सर्बाधिक रोमाञ्चक मध्यको एक फाईनल यो फाईनललाई पनि लिने गरिन्छ ।

सो खेलमा अष्ट्रेलियाले सुरुमा ब्याटिंङ्ग गर्दै निर्धारित ५० ओवर पुरै ५ विकेटमा क्षतिमा २ सय ५३ रन बनाएको थियो ।

यसपछि ईङ्गल्याण्डले जवाफी ब्याटिङ्ग गर्दै निर्धारित ५० ओवरमा ८ विकेट गुमाएर २ सय ४६ रनमा सिमित भएपछी अष्ट्रेलियाले शनसनिपूर्ण ७ रनले जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *