प्रदेश १ को टिम घोषणा : पुष्प थापाले टिमको कप्तानी गर्ने

प्रदेश १ को टिम घोषणा : पुष्प थापाले टिमको कप्तानी गर्ने

जेठ ७,अनलाईन खेलखबर ||राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा यहि आउदो जेठ १० गतेदेखि काठमाडौमा हुन गईरहेको तेस्रो संस्करणको प्रधानमन्त्री कपका लागि अहिले सहभागि जनाउने टिमले आफ्नो टिमको घोषणा गर्ने क्रमजारी रहेको छ ।

यसैबिचमा प्रदेश नम्बर १ ले पनि आफ्नो टिमको घोषणा गरेको छ ।जस अन्तर्गत टिमको कप्तानीको जिम्मा पुष्प थापालाई दिईएको छ ।

१४ सदस्यीय टोलीमा फिर्दोस अन्सारी , सिद्धान्त लोहनी, मिनस थापा, मुकुन्द यादब, दिपेस कडेल, सरोज बस्नेत, अन्कित सुवेदी, सन्नी पुन, अभ्यास तिमिल्सिना, कमल खत्री, रवि राय, श्रवण यादब र राजन मगर रहेका छन ।

यता प्रतियोगिता पहिलो पटक केही खेलहरु मुलपानि क्रीकेट मैदानमा हुनेछ भने बाकी खेलहरु किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल मुलपानीमा गरिने तयारी भईरहेको आयोजकले जानकारी गराएको छ । उद्घाटन खेल नेपाल पुलिस र प्रदेश नम्बर १ बिच हुँदा सोही समयमा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा प्रदेश २ ले त्रिभुवन आर्मीको सामना गर्नेछ ।

यसपटकको संस्करणमा प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा ” एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले जोडिएको छ ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।

भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *