onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चर्चित पत्रकार ऋषि धमला क्रिकेटमा सहकार्य गर्न तयार ( भिडियोसहित )

जेठ ७ , अनलाईन खेलखबर ।। रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषि धमलाले क्रिकेट खेलमा सहकार्य गर्न आफुहरु तयार भएको बताएका छन ।

आज मङ्गगलबार काठमाण्डौ स्थित प्रधानमन्त्री महिला टि – २० राष्ट्रिय क्रीकेट प्रतियोगिताको जानकारी दिने पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका थिए ।

उनले सो कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा क्रिकेट खेलमा आफ्नो प्राईम टाईम्स टेलिभिजनले सहकार्य गर्न तयार भएको भन्दै प्रधानमंत्री कप सँगै अन्य खेल जगतमा भएका खेलहरुको गतिविधिलाई उच्च प्राथमिकता दिन आफुहरु तयार भएको बताएका थिए ।

यस्तै राष्टिय खेलकुद परिषद ( राखेप )लाई धन्यबाद प्रकट गर्दै तपाईहरु अगाडी बढनूस हामी साथ दिन्छौ उनले थपे यस्तै आज नेपालको खेल ३ करोडमा मात्र सिमित नरहेर विश्वका विभिन्न ठुला ठुला राष्टका लागि हाम्रा खेलाडीहरु आखाँका केन्द बनेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

यता राष्टिय खेलकुद परिषद ( राखेप )को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यबस्थापनमा आउदो जेठको अन्तिम सातातिर महेन्द्रनगरमा हुने प्रधानमन्त्री महिला टि – २० राष्ट्रिय क्रीकेट प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने भएको छ । जसमा सात प्रदेश र एक विभागिय टोलीको सहभागिता रहने छ ।

पहिलोपटक कंचनपुरमा आयोजना हुन लागेको प्रधानमन्त्री महिला क्रीकेट प्रतियोगिताले कंचनपुरबासीलाई खुशी दिलाएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यसअघि छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रीकेट प्रतियोगिता महेन्द्रनगर भएको थियो ।

दोस्रो पटक महेन्द्रनगरमा आयोजना हुन लागेको महिला क्रीकेट प्रतियोगितालाई एवम् सभ्य र भब्य रुपमा आयोजना गर्न आयोजक तयार रहेको समेत जानकारी गराएको थियो ।

प्रतियोगिताको बिजेताले ५ लाख तथा उप बिजेताले ३ लाख प्राप्त गर्नेछ । कुल अठासी लाख रुपैयाँ लागत लाग्ने प्रतियोगितामा मिराई एजुकेसन एन्ड भिजा सर्बिसेज प्राली अस्टेलियाले मुख्य प्रायोजन गर्दै प्रतियोगितालाई साथ दिने भएको छ ।

भिडियो !

प्रतिक्रिया दिनुहोस्