onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मेहबुब आलमको कप्तानीमा प्रदेश २ को टिम घोषणा

जेठ ७,अनलाईन खेलखबर ||राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा यहि आउदो जेठ १० गतेदेखि काठमाडौमा हुन गईरहेको तेस्रो संस्करणको प्रधानमन्त्री कपका लागि अहिले सहभागि जनाउने टिमले आफ्नो टिमको घोषणा गर्ने क्रमजारी रहेको छ ।

फाईल फोटो ।

यसैबिचमा प्रदेश नम्बर २ ले पनि आफ्नो टिमको घोषणा गरेको छ ।जस अन्तर्गत टिमको कप्तानीको जिम्मा नेपालका चर्चित खेलाडी मेहबुब आलमलाई दिईएको छ ।

१४ सदस्यीय टोलीमा हासिम अन्सारी उप – कप्तानमा रह्दा सुधिर चौधरी , रबि शाह , कन्चनजंग कार्की, सुरज पटेल , हरि शंकर शाह , साम्सद शेख ,विशाल शुसलिङ, राहुल प्रताप सिंह , राशिद खान, विवेक यादव , दिब्यांशु मलिक र कुमार थापा रहेका छ्न ।

यस्तै टिमको प्रशिक्षक उमेशराज उपाध्यायले गर्नेछ्न भने व्यवस्थापकमा प्रकाश शर्मा रहेका छ्न ।

यता प्रतियोगिता पहिलो पटक केही खेलहरु मुलपानि क्रीकेट मैदानमा हुनेछ भने बाकी खेलहरु किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल मुलपानीमा गरिने तयारी भईरहेको आयोजकले जानकारी गराएको छ । उद्घाटन खेल नेपाल पुलिस र प्रदेश नम्बर १ बिच हुँदा सोही समयमा त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा प्रदेश २ ले त्रिभुवन आर्मीको सामना गर्नेछ ।

यसपटकको संस्करणमा प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा ” एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले जोडिएको छ ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।

भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *