रङ्गशाला निर्माणको सहयोगार्थ चितवनमा  क्रीकेट समर्थकहरुबाट रचनात्मक अभियान चलाउदैँ

रङ्गशाला निर्माणको सहयोगार्थ चितवनमा क्रीकेट समर्थकहरुबाट रचनात्मक अभियान चलाउदैँ

जेठ ६ , अनलाईन खेलखवर || धुर्मुस सुन्तली फाउन्डेसनले चितवन जिल्ला स्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ चितवनमा रहेका नेपाली क्रीकेट समर्थकले अहिले रचनात्मक अभियान सन्चालन गरिरहेका छ्न ।

नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) चितवनको आयोजनामा चितवन नारायणगढको नारायणी किनारमा हिट एण्ड विन कार्यक्रम जारी रहेको अवस्था छ ।

आफ्नै जिल्लामा बन्दै गरेको रंगशालालाई समर्थकले पनि आफ्नो दाहित्वबोध गर्दै रंगशाला निर्माणका लागि प्रचारप्रसार गर्दै केही रकम पनि सो कार्यक्रम बाट उठाउने लक्ष्य सहित यो अभियान सन्चालन गरिएको संस्थाका सदस्य मनिश लामिछानेले अनलाईन खेलखबरलाई जानकारी गराए ।

उनका अनुसार यो अभियान जेठ ४ गतेबाट सुरु भई यहि आउदो सनिवार सम्म चल्ने बताए । कार्यक्रम दिउँसो ४ देखि साझ ७ बजे सम्म जारी रह्दै आएको छ ।

अहिले सम्म यो कार्यक्रममा स्थानिय तथा नदि किनारमा घुमफिरका लागि आउनेहरु बाट राम्रो साथ र सहयोग प्राप्त हुँदै गएको समेत उनले जानकारी गराए ।

रमाईलो माहोलका साथ हुने यो कार्यक्रममा सहभागिता जनाउन १ बल फ्याकेको १० रुपैयाँ शुल्क तोकिएको छ । जसबाट त्यो बलले स्टम्प ढाल्न सके २० रुपैयाँ फिर्ता गरिने प्राबधान राखिएको छ । नगरेको खण्डमा सो रकम सिदाँ निर्माणको सहयोगगार्थ जम्मा हुँदैछ ।

जसमा बिजेताले या अन्य कोहिले पनि आफ्नो सो ईक्छाले त्यही रंगशालालाई आर्थिक सहयोग गर्न सक्ने पनि ब्यबस्था मिलाईएको छ ।

उता अहिले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर रुपमा जारी रहेको छ । जसको सुरुवाती पुर्बाधारहरु निर्माण हुने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *