onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपिएल क्रीकेट : पन्जांव द्रारा सन्दिप को टिम दिल्ली लाई ६ विकेट ले पराजित

चैत्र २५ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को यस संस्करण को दोस्रो खेल मा किंग्स एलाभेन पन्जांव ले दिल्ली डेयरडेविल्स लाई ६ विकेट ले पराजित गर्दै प्रतियोगिता मा पन्जाव ले बिजयि सुरुवात गरेको छ ।

पन्जाव क्रीकेट एसोसिएसन को क्रीकेट मैदान मोहाली चन्दिगढ मा भएको खेल मा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टिम दिल्ली ले निर्धारित २० ओवर खेल्दै १ सय ६६ रन ७ विकेट को क्षतिमा बनाएको थियो । जस मा दिल्ली का कप्तान गौतम गम्भीर ले अर्थसतकिय पारी खेले उनले ४२ बलको सामना गर्दै ५५ रन बनाएका थिए । ५ चौका १ छ्क्का प्रहार उनले गरेका थिए । यस्तै अर्का ओपनर कालिन मुनरो लाई भने टिम ले ४ रन मा गुमाएको थियो ।यस्तै श्रेयस अय्यर ले ११ रन , बिजय सङ्खर ले १३ रन बनाएका थिए यस्तै रिसभ पन्त ले आक्रमक पारी खेल्दै टिमको स्कोर बढाएका थिए उनले १३ बल मा २८ रन बनाएका थिए ।यस्तै कृश मोरिस ले २७ रन बनाउदा डेनियल क्रिचन ले १३ रन बनाएका थिए ।

बलिग तर्फ पन्जाव का लागि मुजिव जदरण र मोहित सर्मा ले समान २/२ विकेट लिए भने कप्तान आस्बिन र अक्षर पटेल ले १/१ विकेट लिएका थिए ।

१ सय ६७ रनको बिजयी लक्ष्य पछ्याएको पन्जाव ले १८ ओवर ५ बल ४ विकेट को क्षति मा लक्ष्य भेटायो ।। पन्जाव को जित मा केएल राहुल ले उत्कृष्ट सुरुवात दिलाएका थिए मात्र १६ बल मा अर्थसतक पूरा गरेका राहुल ले ६ चौका र ४ छक्का को मद्दतमा ५१ रन बनाएका थिए । ईनिग को तेस्रो ओवर मै पन्जाव ले ५० रन पूरा गरेको थियो । तर दिल्ली ले यसपछि चाडै ३ विकेट लिएर खेल मा कमब्याक गर्न कोसिस गरेको थियो । तर रन रेट धेरै राम्रो भएको हुदा पन्जाव ले खेल लाई नजिक पुराई सकेको थियो ।जस मा युवराज सिहँ ले १२ रन र मयक अग्रवाल ले ७ रन बनाएका थिए ।। यस्तै डेबिट मिलर ले अबिजित २४ रन र मार्कस स्टोईनिस ले २२ रन मा अबिजित रहेका थिए ।

दिल्ली डेयर डेविल्स का लागि बलिग तर्फ टेंट बोल्ड , कृस मोरिस , डेनियल कृस्चन र राहुल तेवरिया ले समान १/१ विकेट लिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *