onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकप बिराट कोहलीका लागी असली परीक्षा : टिम तेस्रो पटक उपाधि उचाल्न लालाहित

जेठ ५ , अनलाईन खेलखबर ।। १२ औँ सस्करणको आइसीसी एकदिवसीय विश्वकपको मिति नजिकिदै गर्दा अहिले विश्व क्रिकेटमय बन्दै गएको छ । विश्वको लोकप्रिय खेल मध्यमा एक क्रिकेट पनि हो । यसका हरेक गतिविधिमा संसार नजिक बाट जोडिएको छ ।

यसैबीचमा मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपले गर्दा पुन फेरी माहोल तात्दै गएको अबस्था छ । विश्व पुन एक पटक क्रिकेट सँग जोडिने छ । जसमा नेपाल पनि अछुतो पक्कै रहने छैन । नेपालमा पनि क्रिकेट लोकप्रिय खेल मध्यको एक खेल हो । पछिल्लो समय अझ यसले ब्यापक पाएको छ ।

विश्वकप नजिकिदै गर्दा अहिले नेपालमा यसैको चर्चा परिचर्चा भईरहेको पाईन्छ , जुन स्वाभाविक पनि हो । जहाँ क्रिकेटलाई धेरै मन पराईन्छ त्यहा माहोल बन्दै जान्छ । र सो नेपालमा अहिले जारि क्रमश हुदै गएको पाईन्छ ।

१२ औँ सस्करण सम्म आईपुग्दा यसपटकको विश्वकप धेरैका लागि बिशेष रहेको छ । टिम , खेलाडी र समर्थकका लागि बिशेष पक्कै रहने छ । सबैले आफ्नो टिमले उपाधि उचालोस भन्ने कामना गर्ने क्रम सुरु भएको छ । सबैले आफ्ना कुराहरु राख्ने क्रममा सुरु भएको छ । आफ्नो टिमले उपाधि जित्ने दबा सहित तत्थ प्रेश गरिरहेका छन ।

यसैविचमा भारतीय टिमका कप्तान बिराट कोहलीका लागि पनि यो विश्वकप् खास रहेको छ । लगातार राम्रो प्रदशनका कारण बिराट अहिले भारतीय क्रिकेटमा आफ्नो नाम महान खेलाडीको सुचिमा सूचिकृत गर्न सफल भईसकेका छन । तर ईङ्गल्याण्ड र वेल्समा हुने यो विश्वकप भारतीय कप्तानका रुपमा आफ्नो प्रभाव तथा छाप छोड्ने बिराटका लागि राम्रो मौका रहेको छ ।

जहाँ मौका त्यहाँ चुनौती पक्कै आउने गर्छ । विश्वकपको दाबेदार भारतले राम्रो प्रदशन गर्ने अपेक्षा समेत गरिएको छ । जुन भारतको क्षमता पनि रहेको छ । टिमलाई कप्तान बिराटले कसरि प्रस्तुत गर्ने छन त्यसको असली परिक्षा हुन् बाकि रहेको छ ।

तर उनि र टिमको मनोबल अहिले निकै उच्च रहेको छ । टिम सन्तुलन समेत देखिएको छ । सुरुवाती ब्याटिंङ्ग बलियो देखिएको छ जसमा उप कप्तान रोहित शर्मा निकै राम्रो लयमा देखिएका छन । उनले सो लय विश्वकपमा पनि निरन्तरता दिनेमा दुई मत छैन यस्तै शिखर धवनले पनि राम्रो सम्भावना देखाईएका छन । उनले पनि टिमको भरोशा माथि पक्कै खरो उत्रिने छन । यी दुई ओपनिङ्ग ब्याट्सम्यानले जुन खेलको रुप रेखानै परिबर्तन गर्न सक्छन ।

साथमा कप्तान बिराट कोहलीको नामनै काफी हॊला , उनले विश्वकपमा आफ्नो जादुमय ब्याटिंङ्ग पक्कै प्रस्तुत गर्लान उनि पनि राम्रो लयमा देखिएका छन ।

यस्तै मिडल अर्डरमा भरपर्दा र टिमले राम्रो आशा गरेको अनुभवी , टिमका पूर्व सफल कप्तान समेत रहेका महेन्द्र सिह धोनिको साथ अद्भुत रहने छ । सम्भवत उनको यो विश्वकप अन्तिम हुनेछ । यसकारण उनका लागि पनि यो विश्वकप भावनात्मक रुपमा पक्कै खास रहने छ । साथमा अलराउण्डर हार्दिक पाण्डेयले आफ्नो आक्रामक शैली पक्कै देखाउने छन । यस्तै अलराउण्डर रविंद्र जडेजा र विजय शंकर पनि टिमका लागि न्याय गर्नेछन ।

ब्याटिंङ्गमा जति बलियो देखिएको छ त्यसरी नै टिम बलिङ्ग पक्षमा उत्तिकै ख्याल पुर्याएको छ । तिब्रगतिको बलिङ्गमा जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमीको टिमलाई साथ रहेको छ । यस्तै स्पिनबलिङ्गमा युजवेंद्र चहल र कुलदीप यादवले पक्कै तहल्का मच्चाउने छन ।

यसरि हेर्दा टिम सन्तुलन देखिएको छ । यसअघि सन् १९९३ र सन् २०११ मा बिश्वकपको उपाधि उचालिसकेको भारत यसपटक तेस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित लामो समय देखिनै तयारि गर्दै आएको थियो र तेस्रो पटक उपाधि उचाल्ने लालाहित समेत भारत देखिएको छ । पछिल्ला प्रदशनका आधारमा पनि भारतलाई यसपटकको उपाधि उचाल्न सक्ने टिमको रुपमा पनि हेरिएको छ ।

कुल १० टिमको सहभागिता रहने विश्वकप राउण्ड रोबिन र नक्आउटको आधारमा हुनेछ । ४८ खेल हुने बिश्वकपमा भारतले भने जुन ५ मा दक्षिण अफ्रिका सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यसपछि ८ जुनमा अस्ट्रेलियाको सामाना गर्नेछ । यस्तै तेस्रो खेलमा न्युजिल्याण्ड बिरुद् जुन १३ मा प्रतिष्पर्दा गर्नेछ । चौथोमा १६ जुनमा पाकिस्तान, २२ जूनमा अफगानिस्तान, २७ जूनमा वेस्टइंडीज, ३० जूनमा ईङ्गल्याण्ड , २ जुलाईमा बांग्लादेश र ६ जुलाईमा श्रीलंका बिरुद्द भारतले प्रतिष्पर्दा गर्नेछ ।

प्रतियोगिताको राउण्ड रोबिन सकिएपछि यसैको आधारमा नक्आउट अर्थात सेमिफाईनलका खेल हुनेछन । पहिलो सेमिफाईनल खेल जुलाई ९ तारिखमा हुनेछ भने अर्को ११ तारिखमा हुनेछ । बिश्वकपको फाईनल जुलाई १४ मा ईङ्गल्याण्ड स्थित लॉर्ड्समा हुनेछ ।

भारतीय टीम

विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), महेंद्र सिंह धोनी (विकेटकीपर), शिखर धवन, केएल राहुल, विजय शंकर, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पांड्या, रविंद्र जडेजा, कुलदीप यादव, युजवेंद्र चहल, भुवनेश्वर कुमार, जसप्रीत बुमराह र मोहम्मद शमी।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *