onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईसीसीबाट विश्वकप पुरस्कार राशीमा बृद्धि : विजेताले ४० लाख डलर पाउने

जेठ ५ , अनलाईन खेलखबर ।। आउदो मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपकको पुरस्कार राशि यसपटक पनि अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )ले बृद्धि गरेको छ ।

आईसीसीको प्रेश बिज्ञप्ती अनुसार यसपटकको विजेता टिमले ४० लाख अमेरिकन डलर प्राप्त गर्नेछ । भने उप बिजेता टिमले २० लाख ड्लर प्राप्त गर्नेछ । जुन आईसीसीको अहिले सम्मकै ठुलो पुरस्कार राशि रहेको छ ।

यसअघि अष्ट्रेलिया र न्युजिल्याण्डमा भएको ११ औँ सस्करणको बिजेता अष्ट्रेलियाले ३९ लाख ७५ हजार डलर प्राप्त गरेको थियो । भने उप बिजेता न्युजिल्याण्डले १७ लाख ५० हजार अमेरिकन डलर प्राप्त गरेको थियो ।

पुरस्कार राशीलाई बढाउने क्रममा आइसीसीले यसपटक कुल १ करोड डलर पुरस्कार राशिमा खर्च गर्ने भएको छ । जसमा बिजेता र उप- बिजेता बाहेक सेमिफाईनलमा पराजय हुने टिमले पनि ८ लाख प्राप्त गर्नेछ भने लिग चरणको खेल जित्ने टिमले ४० हजार प्राप्त गर्नेछ । भने लिग चरण पार गर्ने टिमले १ लाख प्राप्त गर्नेछ ।

विश्वकपको मिति नजिकिदै गर्दा अहिले विश्व क्रिकेटमय बन्दै गएको छ । विश्वकपको उद्घाटन खेल मे ३० तारिखमा आयोजक ईङ्गल्याण्ड र दक्षिण अफ्रीका बिच हुनेछ । दुवै टिमले अहिले सम्म उपाधि उचाल्न सकेका छैनन । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछि सुरु हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *