लिगं चरण को अन्तिम खेल मा अत्तरिया बिजयी : यो सगैँं डिपिएल क्रीकेट का प्ले अफ समीकरण पूरा
चैत्र २५ , अनलाईन खेलखबर || धनगढिमा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज लिगँ चरण को अन्तिम बिराटनगर किग्स र सिवाईसी अत्तरिया बिचको खेल मा सिवाईसी अत्तरिया ६ विकेट ले बिजयी भएको छ ।
बर्षा ले प्रभावित गराएको खेल लाई मात्र ६ ओवर मा घटाएर खेलाईएको थियो । टस हारी पहिले ब्याटिङ गरेको बिराटनगर ले पुरै निर्धारित ६ ओवर खेल्दै ३ विकेट गुमाएर ५५ रन बनाएको थियो । ५५ रन बनाउने क्रममा अनिल कुमार ले १५ रन , बाबर हायत १४ रन , पारस खडका ले ९ रन बनाउदा दिलिप नाथ अबिजित १५ रन बनाएका थिए ।
बलिङ तर्फ अत्तरिया का लागि कमल सिह एरि ले २ विकेट लिए भने उरावो ले १ विकेट लिन सफल भए ।
जवाफि ५६ रनको बिजयी लक्ष्य पछ्याएको सिवाईसी अत्तरिया ले उक्त लक्ष्य ५.४ ओवर मा ४ विकेट गुमाएर भेटायो । निकै रोमाञ्चक बनेको खेल मा अत्तरिया लाई जित दिलाउन दीपेन्द्र सिँह एरि ले कप्तानी पारी खेले उनले १५ बल को सामना गर्दै २० रन बनाउदा अर्का ब्याटसम्यान बिपिन चन्द्रा ले अबिजित २६ रनको पारी खेल्दै टिमलाई महत्त्वपूर्ण खेल मा जिताउदै प्रतियोगिता को प्ले अफ सम्म पुराए । सुरुवात भने अत्तरिया ले राम्रो गरेको थिएन ईनिग को पहिलो ओवर मा मात्र ७ रन बनाउदा २ विकेट गुमाएको थियो जसमा पहिलो विकेट कुशल भुर्तेल लाई ४ रन मा गुमाउदाँ अर्का ओपनर चितकारा लाई शून्य रन मा गुमाएको थियो ।
बलिगं तर्फ बिराटनगर का लागि कप्तान पारस खडका र राम नरेश गिरि ले समान २/२ विकेट लिन सफल भएका थिए ।
आज को पहिलो खेल
धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज आईतबार तय गरिएको लिगँ चरण को अन्तिम दिन को पहिलो काठमाडौ र महेन्द्रनगर बिचको खेल बर्षात का कारण रद्द गरिएको थियो ।
खेल रद्द भए पछि दुबै टोलि ले १ /१ अंक बाढन बाध्य भए , यसअगि नै प्ले अफ स्थान पक्का गरिसकेका दुबै टिम लाई अंक तालिका को स्थान का लागि महत्त्वपूर्ण रहेको थियो ।
आज भएको खेल सगै डिपिएल को यस संस्करण का लिगं चरण का सम्पुर्ण खेल सकिएका छ्न । अब प्ले अफ का खेल हुनेछ्न ।
जस मा अंक तालिका को शिर्षस्थान मा काठमाडौ रहयो आफू ले खेलेका ५ खेल मा अपराजित रहदै ९ अंक सहित पहिलोस्थान मा रहन सफल भयो । काठमाडौ प्रतियोगिता को हाल सम्म कै एकमात्र अपराजित टिम हो उसले खेलेका कुल ५ खेल मा पहिलो खेल मा टिम चौराहा धनगढी लाई ७ विकेट ले पराजित गरेको थियो । यस्तै दोस्रो खेल मा रुपन्देही माथी ६३ रनको सानदार जित हासिल गरेको थियो । यस्तै तेसो खेल मा सिवाईसी अत्तरिया लाई ११ रन ले पराजित गरेको थियो भने चौथो खेल मा विराटनगर माथी ५ विकेट को जित निकालेको थियो भने अन्तिम पाचौ खेल मा बर्षा ले प्रभावित भएको खेल मा खेल रद्द हुँदा महेन्द्रनगर सगँ अंक बाढेको थियो ।
भने प्रतियोगिता को दोस्रो स्थान मा टिम चौराहा धनगढी रहेको छ । धनगढी ले खेलेका कुल ५ खेल मध्य ३ खेल मा जित २ मा हार ब्यहोर्दै ६ अंक सहित दोस्रो स्थान मा रहेको छ । समान अंक महेन्द्रनगर सगँ भए पनि नेट रनरेट का आधार मा धनगढी दोस्रो स्थान मा रहयो ।
यस्तै प्रतियोगिता को तेस्रो स्थान मा रहदै महेन्द्रनगर युनाइटेड ले प्ले अफ मा आफ्नो स्थान पक्का गर्यो । कुल ५ खेल बाट २ मा हार ३ मा जित निकाल्दै ६ अंक सहित तेस्रो स्थान हासिल गरेको छ ।
यस्तै सिवाईसी अत्तरिया ले कुल ५ खेल बाट २ मा हार २ जित र एक रद्द खेल मा अंक बाढ्दा ५ अंक सहित चौथो स्थान मा रह्दै प्ले अफ को स्थान सुरक्षित गरेको छ ।
भने पारस खड्का को टिम बिराटनगर र शक्ति गौचनको टिम रुपन्देही भने प्रतियोगिता को अन्तिम क्रमश : पाचौं र छ्ठौ हुँदै प्रतियोगिता बाटै बाहिरिएका छ्न ।
अब मङ्गलबार पहिलो क्वालिफायर खेल हुनेछ जस मा काठमाडौ र धनगढि भिडनेछ्न भने सोही दिन नै एलिमिनेटर मा अंक तालिका का तेस्रो र चौथो महेन्द्रनगर र अत्तरिया भिडने छन ।
चैत्र २८ गते दोस्रो क्वालिफायर खेल हुनेछ , जस मा भिडने छ्न , मङगलबार हुने पहिलो क्वालिफायर को पराजित टिम र एलिमिनेटर को बिजयी टिम ।यस्तै प्रतियोगिता को फाईनल खेल चैत्र ३० गते हुनेछ ।
नेपाली क्रीकेट ईतिहास मै सर्बाधिक धनराशि पुरस्कार रहेको यस प्रतियोगिता को बिजेता टिमले २५ लाख , उपबिजेता ले १० लाख , तेस्रो हुने टिम ले ३ लाख र चौथो हुने टिम ले २ लाख नेपाली रुपैया पाउने छ्न ।यस्तै प्रतियोगिता को उत्कृष्ट खेलाडी लाई टिभिएस अपाचे १८० सिसि को मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याच ले १० हजार नगद प्राप्त गर्ने छ्न । यस्तै डिपिएल ले “मस्ट भ्यालुएवल प्लेयर ” ले नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक गोल्डेन जुत्ता पुरस्कार पाउने भएका छ्न , जसलाई गोल्ड स्टार जुत्ताले प्रायोजक गरेको छ |