onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईसीसीद्रारा विश्वकप कमेन्ट्री प्यानलको घोषणा : माईकल क्लार्क डेब्यू गर्दै

जेठ ३ , अनलाईन खेलखबर ।। आउदो मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी एकदिवसीय बिश्वकपका लागि अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )ले आफ्नो आधिकारिक कमेन्ट्री प्यानलको घोषणा गरेको छ ।

आईसीसीले बिहिवार सार्बजनिक गरेको प्यानल अनुसार चर्चित अनुहारले यसपटकको विश्वकपलाई साथ दिने छन । जसमा भारतीय चर्चित कमेन्टेटर हर्षा भोगले, पूर्व क्रिकेटर सौरव गांगुली तथा संजय मांजरेकर पनि रहेका छन ।

यस्तै श्रीलकाका कुमार संगाकाराले पनि आफ्नो कमेन्ट्रीका साथ सबैलाई विश्वकप र क्रिकेटका ज्ञान बाड्ने छन । यस्तै अस्टेलियाका महान क्रिकेटर माईकल क्लार्कले पनि यसपटकको विश्वकपमा पहिलो पटक कमेन्ट्री गर्दैछन । उनि जसरी खेलाडीको रुपमा सफल भएका थिए त्यसरीनै कमेन्ट्रीमा पनि सफल हुने प्रयासमा छन । उनमा पनि सम्भावना प्रबल देखिएको छ ।

यस्तै यी बाहेक कमेन्टेटरको भूमिकामा नासिर हुसैन, इयन बिशप, मेलानी जोन्स, माइकल एथरटन, एलिसन मिशेल, ब्रेंडन मैकलम, ग्रीम स्मिथ, वसीम अकरम, शॉन पोलक, माइकल स्लेटर, मार्क निकोलस, माइकल होल्डिंग, इशा गुहा, पॉमी मबंगवा , साइमन डूल, इयान स्मिथ, रमीज राजा, अतहर अली खान, इयान वॉर्ड र रमीज राजा लगायतका रहेका छन ।

आईसीसी टीवीले सबै खेलको प्रत्यक्ष प्रशारणको उत्पादन गर्दै छ । जसमा विश्वकप अघिका सबै अभ्यास खेलको पनि प्रत्यक्ष प्रशारणको उत्पादन गर्दैछ । यसपटक आईसीसीले प्रत्यक्ष प्रशारणको लागि बिशेष ख्याल पुराएको बताएको छ । जसमा न्यूनतम ३२ उत्कृष्ट क्यामेरा जडान गर्ने भएको छ । जस अन्तर्गत ८ अल्ट्रा-मोशन हॉक-आई क्यामेरा , फ्रंट और रिवर्स व्यू स्टंप क्यामरा र स्पाइडर क्यामेरा शामिल गर्ने बताएको छ ।

यसका साथै क्रिकेट विश्व कपमा पहिलो पटक प्रसारण ३६० ° रिप्ले का साथ लाईभ उत्पादन हुदैछ । यस्तै प्रत्यक्ष प्रशारणका दौरान विभिन्न किसिमका विश्लेषणात्मक लाई दृश्य मार्फत आकर्षक तरिकाले प्रस्तुत गरिने भएको छ ।

विश्वकपका खेलहरु विभिन्न माध्यमबाट हेर्न सकिनेछ । जसका लागि टेलिभजन , मिडिया र डिजिटल अधिकार आइसीसीले प्रदान गरिसकेको छ । खेलको डिजिटल र टेलिभिजन प्रशारणमा आईसिसिले बिशेष ध्यान पुराएको छ ।

खेललाई भारतका स्टार स्पोर्ट्स र डिडि स्पोर्टसले आधिकारिक रुपमा प्रत्यक्ष प्रशारण गर्नेछन । जसको पहुच नेपालमा सजिलै प्राप्त रहेको छ । यस्तै विभिन्न मुबाईल एप्स मार्फत पनि खेललाई अबलोकन गर्न सकिने ब्यबस्था गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *