ईरफान पठान बने क्यारेबियन प्रिमियर लिग (सिपिएल)को ड्राफ्टमा पर्ने पहिलो भारतीय खेलाडी
जेठ ३ , अनलाईन खेलखबर ।। वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को यस सस्करणका लागि पहिलो ड्राफ्टमा भारतका चर्चित क्रिकेटर ईरफान पठान पनि समाबेश भएका छन ।
ड्राफ्टमामा ईरफानको नाम भएसँगै अहिले भारत लगायत विश्वमा उनको चर्चा भईरहेको अबस्था छ । सामान्यता भारतीय राष्टिय क्रिकेटरहरु स्वदेश बाहिरका लिगमा खासै खेल्ने गर्दैनन् । भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई ) ले यसबारे आफ्नो निश्चित नियमनै बनाएको छ ।
यस्तोमा टिममा रहेका खेलाडीहरुलाई त बाहिरि लिग खेल्ने संभावना कमै हुन्छ । तर टिम बाट बाहिर भएपछी भने खेलाडीहरुले खेल्ने गरेको पाईन्छ । यसैबिचमा सिपिएलमा ईरफान् पठानको नाम ड्राफ्टमा रहेको छ । जुन भारतीय खेलाडीको हकमा पहिलो खेलाडी हुन् ईरफ़ान पठान, जसको नाम यस सस्करणको ड्राफ्टमा रहेको छ ।
यसको साथै उनलाई कुनै टिमले ड्रॉफ्ट मार्फत आफ्नो टिममा अनुबन्धित् गरेको खण्डमा उनि बन्नेछन बाहिरि ठुलो टि -ट्वान्टी लिगमा खेल्ने पहिलो भारतीय खेलाडी ।
पछिल्लो समय टिम र घरेलु खेलबाट टाढा रहेका उनि पछिल्लो समय क्रिकेट खेलका दौरान टेलिभिजन कमेंट्री गर्दै आएका छन । भारतीय टिमबाट राम्रो प्रदशन गर्ने खेलाडीहरुको सुचिमा पर्ने ईरफानले टेस्टमा २९ , एकदिवसियमा १२० , टी -२० मा २४ खेल र आईपिएलमा १०३ खेल खेलेका छन ।
३४ बर्षीय बलिङ्ग अलराउण्डर ईरफानले टेस्ट क्रिकेटमा ११०५ रन बनाउदा १०० विकेट लिएका छन । यस्तै एकदिवसिय क्रिकेटमा १५४४ रन तथा १७३ विकेट लिएका छन । भने टि – ट्वान्टीमा १७२ रन र २८ विकेट लिएका छन ।
टी – ट्वान्टीमा अन्तिम पटक आईपिएलमा सन् २०१७ अप्रिल २९ मा मुम्बई ईण्डियन बिरुद्द गुजरात लायन्स बाट खेलेका थिए ।