सन्दिप अष्ट्रेलिया जादैँ
जेठ ३ , अनलाईन खेलखबर ।। ग्लोबल आईकन सन्दिप लामिछाने विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) खेली अहिले स्वदेशमा रहेका छन ।
पछिल्लो समय विश्व चर्चित क्रिकेट लिगमा ब्यस्त रहेका सन्दिप अहिले भने कुनै लिगमा अनुबन्धित रहेका छैनन् । आईसीसी एकदिवसिय विश्वकप नजिकिदै गर्दा अहिले कुनै लिगहरु पनि संचालनमा रहेका छैनन् ।
सनिवार स्वदेश फर्किने क्रममा बिमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्ने क्रममा यो खालि समय आफ्ना परिवार र आफ़न्तजन साथिभाई हरु सँग बिताउने उनले भनेका थिए । र केहि समय आराम गर्ने जानकारी गराएका थिए ।
जसकारण आसन्न प्रधानमंत्री कप राष्टिय क्रिकेट प्रतियोगिता पनि उनले नखेल्ने बताएका थिए । र उनि स्वदेश फर्किपछी अहिले विभिन्न गतिविधिमा उनि देखा परेका छन । अघिल्लो दिन उनले तिनकुनेमा स्थानिय क्रिकेट खेलिरहेका खेलाडी सँग छोटो आफनो अनुभव साटे , उनिहरु सँग केहि समय क्रिकेट पनि खेले ।
उनले उक्त कुरा आफ्नो सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए । जसमा उनले ‘क्रिकेट खेल्दा सानोमा साथीसँग टेनिस बलले खेल्दाको याद आएको उल्लेख गरेका छन् ।
केहि दिन राजधानी काठमाडौमा रहेका सन्दिप अहिले भने गृहनगर चितवनमा रहेका छन । केहि दिन उनि परिवार सँगै समय बिताउने छन र यसपछि उनि
अष्ट्रेलिया जाने कार्यक्रम रहेको छ । उनि अष्ट्रेलिया जेठ ७ गते प्रस्थान गर्नेछन ।
करिव एक हप्ताको अष्ट्रेलिया भ्रमणका क्रममा सन्दीपले आफ्नो प्रशिक्षणका साथै विगब्यास लिगको योजना तथा अरु नेपाली क्रिकेट खेलाडीलाई प्रशिक्षणको वाताबरण मिलाउने तयारी गर्ने बुझिएको छ ।
यसअघि सन्दिप बिग ब्यासका लागि अष्ट्रेलिया पुगेका थिए । उनले बिग ब्यासमा मेलबर्न स्टार्स बाट खेलेका थिए । उनको प्रदशन पनि राम्रो रहेको थियो टिम पनि लिगमा फाईनल सम्म पुगेको थियो । तर यसपटक उनि व्यक्तिगत कामका लागि जादैंछन ।