onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप को टिम दिल्ली ले आज पन्जाव सगँ खेल्दै आईपीएल को सुरुवात गर्ने : सन्दिप प्लेईङ सेट मा पर्लान त आम चासो

चैत्र २५ , अनलाईन खेलखबर | ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा आज सन्दिप को टिम दिल्ली डेयरडेभिल्स ले किग्स एलाभेन पन्जाव सगँ पहिलो खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो करिब सवा ४ बजे पछि सुरु हुने खेल चन्डिगढ स्थित पन्जाव क्रीकेट एसोसिएसन को मैदान मा हुनेछ ।

यसै बिच मा दिल्ली बाट अनुबन्धित आईपिएल खेल्ने पहिलो नेपाली सन्दिप लामिछाने को नेपाल मा चासो बढेको छ , उनी प्लेईङ सेट मा पर्छ्न या पर्दैनन भन्ने बिषय मा व्यापक चर्चा चलिरहेको अबस्था छ । यसै बिच मा उनको सम्भावना आज केही न्यून देखिने सङ्केत मिलेको छ ।

नेपालि युवा स्टार लेग स्पिनर सन्दिप लामिछाने प्लेईङ सेट्मा पर्ने संभावना कम हुदा भारतिय स्टार खेलाडी अमित मिश्रा ले स्पिन बलिग को जिम्मा लिनेछ्न ।

यस्तै दिल्ली ले ग्लेन म्याक्सबेल बिना नै मैदान उत्रिदैछ , म्याक्सवेल आफ्ना अस्टेलियन टिममेट एरोन फिन्च को बिवाह समारोह मा सरिक हुने भएका ले आज को खेल मा उनी उपस्तिथि जनाउनेछ्न ।

पहिलो पटक रबिचन्द्दन आस्बिन को कप्तानी मा पन्जाव मैदान उत्रिदा दिल्ली का गौतम गम्भीर ले कप्तानि गर्दैछ्न ।

प्रतिक्रिया दिनुहोस्