एसिया कपमा भारतको विजयी सुरुवात : नेपाल पराजित ( भिडियोसहित )

एसिया कपमा भारतको विजयी सुरुवात : नेपाल पराजित ( भिडियोसहित )

जेठ १ , अनलाईन खेलखबर ।। आज देखी काठमाण्डौमा सुरु भएको एसिया कप व्हिल चियर क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल भारत सँग ६ विकेटले पराजित भएको छ ।

भिडियो

आज भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले प्रस्तुत गरेको १ सय ४१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको भारतले उक्त लक्ष्य १५.१ ओवरमा मात्र ४ विकेट गुमाएर भेटाएको थियो । भारतलाई पहिलो खेलमै जित दिलाउन गौरब विश्वनाथले अविजित रहदै ५० रनको पारी खेलेका थिए ।

गौरभको अर्धसतकिय पारी सगै भारतको जितमा प्रशुराम देशाईले १९ रनको योगदान गरेका थिए । यस्तै निकुलले १६ तथा सौरभ मलिकले १४ रनको योगदान टिमलाई गरेपछि टिमले नेपाल माथि सहज जित हासिल गरेको थियो ।

बलिङ्ग तर्फ नेपालका लागि यम बहादुर श्रेष्ठ , डम्बर मगर , विपिन पौडेल र राजु कटवालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार नेपालले निर्धारित २० ओवर पुरै खेल्दै ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले सर्बाधिक ६६ रनको योगदान गरेका थिए । अविजित रहेका उनले उक्त रन बनाएपछि टिमले संम्मानजनक स्कोर खडा गरेको थियो । यस्तैनेपालका लागि विपिन पौडेलले पनि अविजित रहदै ३३ रनको योगदान गरे भने रमेश खत्रीले १५ रन बनाएका थिए ।

बलिङ्ग तर्फ भारतका लागि परशुराम देशाले , सुरभ मलिक, सन्तोश रन्जागनेले समान १/१ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच भारतका गौरब विश्वनाथ घोषित भएका थिए ।

यस्तै आजनै भएको अर्को खेलमा बङ्लादेश माथी पाकिस्तानले ८ विकेटले जित हासिल गरेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित , भारत , बङलादेश र पाकिस्तानको सहभागिता रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *