onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालमा पहिलो पटक एसिया कप हुँदै : उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

बैशाख ३१ , अनलाईन खेलखबर || नेपाल व्हिल चियर क्रिकेट संघको आयोजनामा बुधवार देखि ४ गतेसम्म पहिलो पटक नेपालमा एसिया कप व्हिल चियर क्रीकेट प्रतियोगिता हुन गईरहेको छ ।

किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुने प्रतियोगितामा आयोजक नेपाल , भारत , बङलादेश र पाकिस्तानको सहभागिता रहने छ ।

यता भोलि बुधबार हुने उद्गघाटन खेलमा नेपालले भारतको सामना गर्नेछ ।

४ दिन सम्म चल्ने प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

मङ्गलबार काठमाडौमा आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले पत्रकार सम्मेलन गरि प्रतियोगिताका लागि तयार भएको र उत्साहित समेत रहेको बताएको थियो ।

आयोजकका अनुसार नेपालमा आज सम्म एसिया कप स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिता नभईरहेको अबस्थामा अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाले पहिलो एतिहासिक ह्विलचियर एसिया कप गर्न लागेको हो ।

आजको पत्रकार सम्मेलन पुरा भिडियोमा हेर्नुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *