onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालमा पहिलो पटक ड्राफ्ट मार्फत खेलाडी छनोट हुदैँ

बैशाख ३१ , अनलाईन खेलखबर ।। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजनामा आउदो असोज ३ गतेदेखि ११ गते सम्म त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा हुन् गईरहेको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग को खेलाडी छनोट प्रक्रिया ड्राफ्ट आज हुँदैछ ।

काठमाण्डौ स्थित होटेल सांग्रिलामा हुने ड्राफ्ट मार्फत खेलाडी छनोट गरिन लागिएको हो । नेपालमा कुनै लिगले यसरी ड्राफ्ट मार्फत खेलाडी छनोट गर्दैछ जुन पहिलो हो ।

ड्राफ्टका लागि १ सय ७ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन । जसका लागि वैशाख १९ देखी २५ गते सम्म आबेदन दर्ताका लागि खुल्ला गरेको थियो । ड्राफ्टका अनुसार खेलाडीहरू लाई डायमण्ड,रुबिज, सफायर, र वाइल्डकार्ड इन्ट्री गरी ४ श्रेणीमा विभाजन गरिएको छ ।

जसमा पहिलो रहेको डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । भने दोस्रोमा रहेको रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरु रहने छन भने तेस्रोमा रहेको सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्ने छन् ।

र अन्तिम श्रेणीरहेको वाइल्डकार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरु रहने छन । वाइल्डकार्ड इन्ट्रीमा २ जना खेलाडीहरुलाई प्रत्येक टिमले लिन सक्ने छन ।

प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहने छ । जसमा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्यापिटल्स रोयल्स काठमाडौं, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।

ड्राफ्ट कार्यक्रम बेलुका ५ बजेपछि सुरु हुनेछ । जसको प्रत्यक्ष प्रशारण एपिवान टेलिभिजनले गर्दैछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *