आईपिएलमा कस्ले के प्राप्त गरे हेर्नुहोस पूर्ण सुचीसहित

आईपिएलमा कस्ले के प्राप्त गरे हेर्नुहोस पूर्ण सुचीसहित

बैशाख ३० , अनलाईन खेलखबर ।। मुम्बई ईण्डियनले डिफ़ेण्डिङ्ग च्याम्पियन चेन्नई सुपर किग्सलाई रोमाञ्चक फाईनल खेलमा १ रनले पराजित गर्दै १२ औं सस्करणको आईपिएल उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ ।

फाईनल खेलमा महेन्द्र सिह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किग्सलाई १ रनले पराजित गर्दै मुम्बई प्रतियोगिताको च्याम्पियन बनेको हो । यो संगै मुम्बईले आईपिएलको उपाधि चौथो पटक आफ्नो नाममा लेखाउन सफल भएको छ । मुम्बईले यसअघि सन् २०१३ , २०१५ र २०१७ मा उपाधि उचालेको थियो ।

फाईनल खेलमा मुम्बईले दिएको १ सय ५० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी व्याटिङ्ग गरेको चेन्नईले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ४८ मा सिमित भएपछी टिम मुम्बई सँग निराश हुन् पुग्यो ।

जित सँगै मुम्बईले २० करोड रूपीए प्राप्त गर्यो भने उप – बिजेता बनेको चेन्नईले १२.५ करोडमा चित्त बुझायो ।

मुम्बईले उपाधि उचालिरह्दा यस पटक पनि केहि खेलाडिहरुलाई खास रहन गयो । जसमा प्रतियोगिताको उदयमान खेलाडि कोलकता नाइट राइडर्सका
शुभमन गिल घोषित भए । उनले १० लाख प्राप्त गरे ।

अब बाकि हेर्नुहोस आईपिएल १२ मा कसले के प्राप्त गरे !

फाइनल खेलको प्लेयर अफ द म्याच – जसप्रीत बुमराह ( उनले १४ रन खर्चिएर २ विकेट लिएका थिए ) उनले ५ लाख प्राप्त गरे ।

मोस्ट वैल्युबल प्लेयर : आंद्रे रसल (कोलकता नाइट राइडर्स), ५१० रन तथा ११ विकेट ( उनले १० लाख प्राप्त गरे )

फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद

पर्पल क्याप ( सबैभन्दा धेरै विकेट लिने खेलाडि ) – इमरान ताहिर ( चेन्नई सुपर किंग्स) २६ विकेट ( उनले १० लाख प्राप्त गरे )

अरेन्ज क्याप ( सबैभन्दा धेरै रन बनाउने खेलाडी ) डेविड वॉर्नर (सनराइजर्स हैदराबाद), ६९२ रन ( उनले १० लाख प्राप्त गरे )

छिटो अर्धसतक प्रहार गर्ने – हार्दिक पाण्डेय (मुम्बई ईण्डियन ) ( उनले १० लाख प्राप्त गरे )

परफेक्ट क्याच अफ द सिजन – कायरन पोलार्ड (मुम्बई ईन्डियन) ( उनले १० लाख प्राप्त गरे )

सुपर स्ट्राइकर अफ द सीजन – आंद्रे रसल (कोलकता नाइट राइडर्स), स्ट्राइक रेट २०४.८१
स्टाइलिश प्लेयर अफ द सिजन – केएल राहुल

गेम चेन्जर अफ द सिजन – राहुल चहर (मुम्बई इण्डियन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *