
नेपाल आएपछि सन्दीपले के भने हेर्नुहोस भिडियोमा
बैशाख २९, अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आज आईतवार स्वदेश फर्किएका छ्न ।
शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नई सुपर किग्स सगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरीएपछि उनी आज स्वदेश फर्किएका हुन ।
आज उनि एयर ईन्डियाको बिमान मार्फत निर्धारित समय भन्दा करिव ३ घन्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेका थिए । मौसमका कारण उनको अवतरण ढिलो भएको थियो ।
हसिलो मुहार सहित स्वदेश फर्किएका उनले टिमले राम्रो प्रदशन गरेको भन्दै सन्तुष्टि व्यक्त गरे । आफ्नो पनि आईपिएल राम्रो भएको घारणा उनको रहेको थियो ।
दोस्रो पटक दिल्ली बाट खेलेका उनले यस सस्करणमा कुल ६ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए ।
अब हेर्नुहोस विमानस्थलमा सन्दिपले संचारकर्मीहरु सँग गरेको कुराकानी भिडियोमा