onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चेन्नई सुपरकिंग्स द्रारा रोमाञ्चक खेल मा मुब्बई ईन्डियन लाई १ विकेट ले पराजित : ब्रावो को उत्कृष्ट ब्याटिङ

अनलाईन खेलखबर || मुब्बई को वानखेडे रंगशाला मा सनिवार् देखि आईपिएल को ११ औ संस्करण सुरु भएको पहिलो उद्दघाट्न खेल मा डिफेन्डिङ च्याम्पियन मुम्बई ईन्डियन चेन्नई सुपरकिंग्स रोमाञ्चक खेल मा १ विकेट ले पराजित भएको छ ।

सनिवार टस जितेर चेन्नई ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । यसपछि ब्याटिङ गरेको मुब्बैइ ईन्डियन ले सुरुवात भने राम्रो गरेको थिएन । आईपिएल मा आफ्नो पहिलो खेल खेल्दै गरेका एविन लेविस बिना रन पवेलियन तर्फ फर्किएका थिए । यसपछि दोस्रो मा कप्तान रोहित सर्मा पनि सस्तै मा १५ रन बनाएर आउट हुदा टिम सुरुवाती अबस्थामा नै दबाब मा आएको थियो । यसपछि ईशान किसान ४० रन , सुर्यकुमार यादब ले ४३ रन बनाउदै तेस्रो विकेट्का लागि ७८ रनको साझेदारी बनाएका थिए । सुरुवाति पावरप्ले मा ३९ रन मात्र बनाएको मुम्बई लाई १०० रन पूरा गर्न १३ औ ओवर कुर्नु परेको थियो । यसपछि पारिको अन्तिम तिर क्रुणाल पान्डेय ले २२ बलको सामना गर्दै आक्रमक पारी खेल्दै ४१ रन बनाएका थिए यस्तै हार्दिक पान्डेय ल २२ रन मा अबिजित रहदा मुम्बई ईन्डियन ले १ सय ६५ रन ४ विकेट को नोक्सानी मा बनाएको थियो ।

बलिङ तर्फ चेन्नई का लागि शेन वाट्सन ले २ विकेट लिए भने दिपक चाहर र ईमरान ताहिर ले १/१ विकेट लिन सफल भए ।

१ सय ६६ रनको बिजयी लक्ष्य पछ्याएको चेन्नई ले लक्ष्य अन्तिम एक बल बाकि रहदा ९ विकेट गुमाएर भेटायो । चेन्नैइ लाई जित दिलाउन जबाफी ब्याटिङ गरेको चेन्नईले शेन वाटसन र अ्म्बाती रायडु ले पहिलो बिकेट का लागि २७ रन जोडेका थिए। तर सातौ ओवर सम्म मा पाहुना टिम चेन्नई माथी मुम्बई ले ४३ रन दिदा ३ विकेट लिईसकेको थियो । शेन वाटसन १६ रन , अ्बाति रायडु २२ रन र सुरेश रैना ले मात्र ४ रन बनाउदा आउट भएका थिए ।यस्तै ईनिग को नबौ ओवर मा कप्तान महेन्द्र सिँह धोनी लाई ५ रन मा गुमाए पछि चेन्नई पुरै दबाब मा आईसकेको थियो । यहाँ सम्म मुम्बई ले खेल आफ्नो तर्फ नै राखेको थियो । १२ औ ओवर मा मुम्बई ले अर्को सफलता हात पार्यो रबिन्द्र जडेजा १२ रन बनाएर आउट भए ।

यसपछि खेल ले मोड बदल्यो ड्रवेन ब्रावो ले ३० बल मा ६८ रनको धुवादार ब्याटिङ गरे पछि चेन्नई जित नजिक पुगेको थियो र अन्तिम ओवर मा केदार जाधव ले २४ रन बनाउदै ओवर को चौथो बल मा छ्क्का र पाचौ बल मा चौका प्रहार गर्दै शनसनिपुर्ण जित दिलाए ।

मुम्बई का लागि बलिङ मा मयक पान्डेय र हार्दिक पान्डेय ले समान ३/३ विकेट हात पारे भने जसपृत बुमराह , मुस्ताफिजुर रहमान र मिचेन मैक्लेनेधन ले १/१ विकेट लिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *