उपाधि भिडन्त : मुम्बईले चेन्नई सामु सामान्य लक्ष्य प्रस्तुत
बैशाख २९ , अनलाईन खेलखबर ।। १२ औँ सस्करणको ईण्डियन प्रिमियर लिग ( आईपिएल ) को उपाधिका लागि अहिले मुम्बई ईण्डियन र चेन्नई सुपर किग्सले प्रतिष्पर्दा गरिरहेका छन ।
राजीव गान्धी अन्तराष्टिय रंङ्गशालामा जारि फाईनल खेलमा मुम्बई ईण्डियनले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल खडा गरेको छ ।
मुम्बईले सुरुवात पनि राम्रो गरेको थियो । ओपनर ब्याट्सम्यानले पहिलो विकेटका लागि ४५ रनको योगदान गरेका थिए । टिमले क्विंटन डी कॉकलाई व्यक्तिगत २९ रनमा गुमाएको थियो । १७ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यसपछि लगत्तै कप्तान रोहित शर्मा पनि आउट हुन् पुगे । उनले मात्र १५ रन बनाए ।
उनि दिपक चाहरको बलमा महेन्द्र सिह धोनीको हात बाट क्याच आउट हुन् पुगेका थिए । यसपछि टिमले तेस्रो विकेटका रुपमा सुर्य कुमार यादबलाई १५ रनमा गुमाएको थियो ।
यसपछि टिमका लागि हार्दिक पाण्डेयले १६ रन तथा ईशान किशनले २३ रनको योगदान गरे । यस्तै ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा किरण पोलाण्डले अविजित रहदै ४१ रनको योगदान गरे ।
बलिङ्ग तर्फ चेन्नईका लागि दिपक चाहरले सर्बाधिक ३ विकेट लिए भने सार्दुक ठाकुर र ईमरान ताहिरले समान २/२ विकेट लिए ।
अब मुम्बईले प्रस्तुत गरेको १ सय ५० रनको बिजयी चुनौति पछ्याउदै चेन्नईले अबको केहि बेरपछि जवाफी ब्याटिंङ्ग गर्नेछ ।