onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हरमनप्रीत कौरको टिम सुपरनोवाले उचाल्यो मिनी आईपीएल वुमन्स टी- ट्वान्टी च्यालेन्जको उपाधी

बैशाख २८ , अनलाईन खेलखबर ।। मिनी आईपीएल अर्थात् वुमन्स टी- ट्वान्टी च्यालेन्जको उपाधि हरमनप्रीत कौरको कप्तानीमा रहेको सुपरनोवाले उचालेको छ ।

सनिवार राति सम्पन्न प्रतियोगिताको फाईनल खेलमा सुपरनोवाले मिताली राजको कप्तानीमा रहेको वेलोसिटीलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा वेलोसिटीले प्रस्तुत गरेको १ सय २२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको सुपरनोवाले अन्तिम बलमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । निकै रोमान्चक बनेको खेलमा सुपरनोवालाई अन्तिम ओवरमा जितका लागि ७ रनको आबस्यक रहेको थियो । र अन्तिम बलमा १ रन जसमा सुपरनोवाले बाजी मार्यो ।

सुपरनोवाको जितमा कप्तान हरमनप्रीत कौरले सर्बाधिक अर्धसतकिय ५१ रनको पारी खेलिन । ३७ बलको सामना गरेकी उनले ४ चौका ३ छक्का समेत प्रहार गरिन । यस्तै टिमका लागि प्रिया पुनियाले २९ तथा जेमिमाह रॉड्रिक्सले २२ रनको योगदान गरेकी थिईन ।

बलिङ्ग तर्फ वेलोसिटीकि जहनारा खान र अमेलिया केरले समान २/२ तथा देविका वैद्यले १ विकेट लिएकी थिईन ।

त्यसअघि जयपुर स्थित सवाई मानसिंह स्टेडियममा जारी खेलमा सुपरनोवाले टस जितेर वेलोसिटीलाई पहिले ब्याटिंङ्ग गर्ने निम्तो दिएको थियो । जसअनुसार निर्धारित २० ओवर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो ।

सुरुवात अबस्था देखिनै कसिलो बलिङ्ग सामु वेलोसिटीले सुरुवात देखिनै खुलेर खेल्न सकेको थिएन । टिमले ७.३ ओवरमा ३७ रन बनाउदा आफ्नो महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा पहिलो ओवरमै हैली मैथ्यूजलाई सुन्य रनमा गुमाएको वेलोसिटीले लगत्तै अर्को ओवरमा र्डेनिएली वैटलाई पनि सुन्य रनमा गुमाएको थियो । यसपछि शैफाली वर्माले ११ रन बनाईन भने वेदा कृष्णमूर्तिले ८ रन बनाउदा कप्तान मिताली राजले १२ रनको योगदान गरिन ।

यसपछि टिमलेछठौ विकेटका लागि ७१ रनको साझेदारी पाएपछि टिमले यो स्कोर सम्म पुगेको हो । अमेलिया केर र शुष्माबर्माले उक्त साझेदारी गरेपछि टिमले संम्मानजनक लक्ष्य पखडा गरेको हो । अमेलिया केरले ३६ रनको पारि खेलिन । ३८ बलको सामना गरेकी उनले ४ चौकाको प्रहार गरिन ।

यस्तै सुष्माले अविजित रहदै ३२ बलको सामाना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ४० रनको योगदान गरेकी थिईन ।

बलिङ्ग तर्फ सुपरनोवाका लागि ले ताहूहुले सर्बाधिक २ विकेट लिईन । यस्तै सोफी डिवाइन , नताली , पूनम यादव र अनुजा पाटिलले समान १/१ विकेट लिईन ।

पहिलो पटक महिला मिनी इंडियन प्रीमियर लीग (आईपीएल) सुरु गरिएको थियो । जसमा ३ टिमहरु ट्रेलब्लेजर्स, सुपरनोवा और वेलोसिटीको सहभागिता रहेको थियो । जसमा बिदेशी खेलाडीहरुको पनि राम्रो साथ रहेको थियो । यसलाई महिला क्रिकेटलाई अझ हौसला प्रदान गर्ने उदेश्यका साथ् आयोजना गरिएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *