onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीको फाईनल खेल्ने सपना अधुरै : चेन्नई पुग्यो फाईनलमा

बैशाख २७ , अनलाईन खेलखबर ।। ईण्डियन प्रिमियर लिग ( आईपिएल )को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै डिफ़ेण्डिङ्ग च्याम्पियन समेत रहेको चेन्नई सुपर किग्स प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । अब चेन्नईले उपाधिका लागि आउदो आईतबार मुम्बई ईण्डीयनको सामना गर्नेछ ।

यता दिल्लीको पहिलो पटक फाईनल खेल्ने सपना-सपनामै सिमित हुन् पुगेको छ । यसअघि सन् २००८ , २००९ मा सेमिफाईनल पुगेको दिल्ली २०१२ मा प्ले अफ स्थानमा पुगेको थियो । तर यसपछि दिल्ली सदैभ कमजोर टिममा साबित हुन् पुगेको थियो तर ७ वर्षपछि यसपटक राम्रो लयमा देखिएको दिल्लीले राम्रो गर्दै फाईनल पुग्ने सोच बनाएको भएपनि आजको पराजयले त्यो सपनामाथि पूर्णबिराम लागेको छ ।

आईपिएलमा सफल मध्यको एक टिम चेन्नईले यसअघि ३ पटक उपाधि उचाली सकेको छ भने ४ पटक उप- बिजेता बनेको छ । सन् २०१० , २०११ र अघिल्लो सन् २०१८ मा चेन्नईले आईपिएलको उपाधि उचालेको थियो । यस्तै सन् २००८ , २०१२ , २०१३ र २०१५ मा चेन्नई उप बिजेता बनेको थियो ।

शुक्रवार राति सम्पन्न प्रतियोगिताको निकै महत्वपुर्ण खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको चेन्नईले उक्त बिजयी लक्ष्य १९ ओवरमा मात्र ४ विकेट गुमाएर भेटायो ।

मध्यम लक्ष्य पछ्याएको चेन्नईले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनर ब्याट्सम्यान शेन वाटसन् र फाफ डु प्लेसिसले राम्रो सुरुवाती दिलाउने क्रममा ओपनिङ्ग ८१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पभेलियन फर्किएका फाफ डु प्लेसिसले ३९ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतमा अर्धसतकिय ५० रनको पारी खेलेका थिए । यस्तै वाट्सनले पनि ५० रन बनाए । ३२ बल खेलेका उनले ३ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यसपछि चेन्नईका लागि तेस्रो विकेटका रुपमा सुरेश रैना व्यक्तिगत ११ रन बनाएर आउट हुन् पुगेका थिए । यस्तै चेन्नईको जितमा अंबाती रायडूले अविजित रहदै २० रन र कप्तान महेन्द्र सिह धोनीले ९ रनको योगदान गरे ।

बलिङ्ग तर्फ दिल्लीका लागि ट्रेंट बोल्ट , एक्सर पटेल, ईशान्त शर्मा र अमित मिश्राले समान १/१ विकेट लिन सफल भएका थिए ।

त्यसअघि चेन्नईको बैकल्पिक मैदान डॉ. वाई.एस. राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा जारि खेलमा चेन्नईले टस जितेर दिल्लीलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार दिल्लीले निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।

खेलको २.३ ओवरमा टिमको स्कोर २१ रन हुदाँ पहिलो विकेटका रुपमा पृबि शा लाई व्यक्तिगत ५ रनमा गुमाएको दिल्लीले यसपछि क्रमश विकेट गुमाउदै गएको थियो । दोस्रो विकेटका रुपमा शिखर धवनलाई पनि टिमले सस्तैमा गुमायो । उनले १४ बलको सामना गर्दै ३ चौकाको मद्दतमा १८ रन बनाएका थिए ।
शिखर आउट भएपछि टिमले आफ्नो तेस्रो विकेटका रुपमा टिमको स्कोर ५७ रन हुदाँ कॉलिन मुनरोलाई व्यक्तिगत २७ रनमा गुमाएको थियो । २४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । उनि रबिन्द्र जडेजाको बलमा डिजे ब्राबोको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

त्यसपछि टिमले थप १५ रन थप्दा कप्तान श्रेयस अय्यरलाई पनि सस्तैमा गुमाएपछि टिम दबाबमा आएको थियो । ईमरान ताहिरको बलमा सुरेश रैनाको हात बाट क्याच आउट भएका श्रेयस अय्यरले १८ बलको सामना गर्दै १ चौकाको प्रहार गर्दै १३ रनको पारी खेले । र एक्सर पटेलले पनि निराशाजनक प्रदशन गर्दै ३ रन बनाएर आउट हुन् पुगे ।

यसपछि पनि दिल्लीका कुनै खेलाडीहरुले उलेख्य योगदान गर्न नसकेपछि टिम मध्यम स्कोरमा रोकिएको थियो ।

बलिङ्ग तर्फ चेन्नई सुपर किग्सका लागि स्पिनरहरु हाबी भएको खेलमा हरभजन सिह , दिपक चाहर , डिजे ब्राबो रबिन्द्र जडेजाले समान २/२ विकेट हात पारे । यस्तै ईमरान ताहिरले पनि १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्