दिल्लीद्रारा चेन्नई सामु सम्मानजनक लक्ष्य प्रस्तुत

दिल्लीद्रारा चेन्नई सामु सम्मानजनक लक्ष्य प्रस्तुत

बैशाख २७ , अनलाईन खेलखबर ।। इण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले प्रतियोगिताको दोस्रो क्वालिफायरमा नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले महेन्द्र सिह धोनिको कप्तानीमा रहेको चेन्नई सुपर किग्सको सामना गरी रहेको छ ।

चेन्नईको बैकल्पिक मैदान डॉ. वाई.एस. राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा जारि खेलमा चेन्नईले टस जितेर दिल्लीलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार दिल्लीले निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको छ ।

खेलको २.३ ओवरमा टिमको स्कोर २१ रन हुदाँ पहिलो विकेटका रुपमा पृबि शा लाई व्यक्तिगत ५ रनमा गुमाएको दिल्लीले यसपछि क्रमश विकेट गुमाउदै गएको थियो । दोस्रो विकेटका रुपमा शिखर धवनलाई पनि टिमले सस्तैमा गुमायो । उनले १४ बलको सामना गर्दै ३ चौकाको मद्दतमा १८ रन बनाएका थिए ।
शिखर आउट भएपछि टिमले आफ्नो तेस्रो विकेटका रुपमा टिमको स्कोर ५७ रन हुदाँ कॉलिन मुनरोलाई व्यक्तिगत २७ रनमा गुमाएको थियो । २४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । उनि रबिन्द्र जडेजाको बलमा डिजे ब्राबोको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

त्यसपछि टिमले थप १५ रन थप्दा कप्तान श्रेयस अय्यरलाई पनि सस्तैमा गुमाएपछि टिम दबाबमा आएको थियो । ईमरान ताहिरको बलमा सुरेश रैनाको हात बाट क्याच आउट भएका श्रेयस अय्यरले १८ बलको सामना गर्दै १ चौकाको प्रहार गर्दै १३ रनको पारी खेले । र एक्सर पटेलले पनि निराशाजनक प्रदशन गर्दै ३ रन बनाएर आउट हुन् पुगे ।

यसपछि पनि दिल्लीका कुनै खेलाडीहरुले उलेख्य योगदान गर्न नसकेपछि टिम मध्यम स्कोर सम्म पुग्यो ।

बलिङ्ग तर्फ चेन्नई सुपर किग्सका लागि स्पिनरहरु हाबी भएको खेलमा हरभजन सिह , दिपक चाहर , डिजे ब्राबो रबिन्द्र जडेजाले समान २/२ विकेट हात पारे । यस्तै ईमरान ताहिरले पनि १ विकेट हात पारे ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ४८ रनको बिजयी चुनौती चेन्नई सुपर किग्सले पछ्याउदै अबको केहिवेरपछि जवाफी ब्याटिंङ्ग गर्नेछ । जारि खेलमा जित हासिल गर्ने टिम प्रतियोगिताको फ़ाईनल प्रवेश गर्नेछ । जहाँ आईतबार मुम्बई ईण्डियन सँग उपाधिको लागि प्रतिष्पर्दा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *