चेन्नई बिरुद्द सन्दीप नखेल्ने

चेन्नई बिरुद्द सन्दीप नखेल्ने

बैशाख २७ , अनलाईन खेलखबर ।। नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने आज चेन्नई बिरुद्दको खेलमा पनि अन्तिम ११ मा पर्न असफल भएका छन । ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा चेन्नईले अहिले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ ।

दिल्लीले सन्दिपलाई पछिल्ला खेलहरुमा बेन्चमै राखेको छ । जसको निरन्तरता आज पनि दिएको छ । जारि प्रतियोगितामा ६ खेल खेलेका सन्दिपले ८ विकेट लिईसकेका छन ।

यता चेन्नईको बैकल्पिक मैदान डॉ. वाई.एस. राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा जारि खेलमा जित हासिल गर्ने टिमले आउदो आईतबार हुने प्रतियोगिताको फाईनलमा मुम्बई ईण्डियन बिरुद्द प्रतिष्पर्दा गर्नेछ ।

७ बर्षपछी प्रतियोगिताको प्ले अफ खेल्दै गरेको दिल्लीलाई यसपटक भने फ़ाईनल पुग्ने सुनौलो अबसर पनि रहेको छ । सन् २००८ , २००९ मा सेमिफाईनल पुगेको दिल्ली २०१२ मा प्ले अफ स्थानमा पुगेको थियो । तर यसपछि दिल्ली सदैभ कमजोर टिममा साबित हुन् पुग्यो ।

तर अहिले १२ औ सस्करणमा दिल्लीले नाम मात्र परिबर्तन गरेन सोच पनि सकारात्मक राख्दै उत्कृष्ट प्रदशन गर्दै अहिले यो स्थानमा आफुलाई उभाएको छ ।

चेन्नई आईपिएलको एउटा सफल टिममध्यको एक टिम हो । ३ पटकको विजेता चेन्नई ४ पटक उप- बिजेता बनेको छ । सन् २०१० , २०११ र अघिल्लो सन् २०१८ मा चेन्नईले आईपिएलको उपाधि उचालेको थियो । यस्तै सन् २००८ , २०१२ , २०१३ र २०१५ मा चेन्नई उप बिजेता बनेको थियो ।

दरिलो ईतिहास रहेको चेन्नईलाई ईतिहास बनाउन लालाहित दिल्लीले अहिले जारि दोस्रो क्वालिफायरमा कडा टक्कर पक्कै दिनेछ । लिग चरणमा दिल्लीले राम्रो प्रदशन गर्दै कुल १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार व्यहोर्दै अंकतालिकामा १८ अंकसहित तेस्रो स्थानमा रहदै ७ बर्षपछी दिल्लीले प्ले अफमा स्थान बनाएको थियो । पहिलो मुम्बई र दोस्रो चेन्नई सँग समान १८ रन भएपनि दिल्ली नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहदै एलिमिनेटरको यात्रा तय गरेको थियो ।

बुधवार भएको एलिमिनेटर खेलमा दिल्लीले हैदराबादलाई अन्तिम बल बाकि रहदा २ विकेटको शनसनिपूर्ण जित हासिल गर्दै दोस्रो क्वालिफायरमा चेन्नई सँग भेट पक्का गरेको हो । चेन्नई भने पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन सँग ६ विकेटले पराजित हुदैँ दोस्रो क्वालिफायरमा आएको हो ।

लिग चरणमा भेट हुदाँ दिल्ली माथि चेन्नई हाबी भएको थियो । दुई भेटमा चेन्नईले दुवै खेल आफ्नो पक्षमा पारेको थियो । पहिलो भेटमा दिल्लीलाई चेन्नईले ६ विकेटले पराजित गरेको थियो भने दोस्रो भेटमा पनि चेन्नईले दिल्लीलाई ८० रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

यसअर्थमा दिल्लीले सो हारको बदला सँगै पहिलो पटक फाईनल खेल्ने रणनीतिका साथ् अहिले मैदान उत्रिएको छ । भने चेन्नई पनि जारि प्रतियोगितामा दिल्लीलाई तेस्रो पटक निराश गराउने सोचका साथ मैदानमा उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *